२०८१ बैशाख १९ गते बुधवार

लुम्बिनीमा नेकपा एस सत्ता बाहिरै

मुख्यमन्त्री महराले बदमासी गरेको आरोप



दाङ, बैशाख ६ । नेकपा एकीकृत सभाजबादीकी प्रदेशसभा सदस्य भगबती अधिकारीले मुख्यमन्त्री जोखबहादुर महराले लिखित रुपमा भएको सात बुँदे सहमति लत्याएको बताएकी छन् ।


राजनीतिक दलहरुका बीचमा एकीकृत समाजबादीलाई समेत मन्त्री मण्डलमा सामेल गराउने लिखित सहमति भएपनि त्यसबिपरित मुख्यमन्त्रीले बदमासी गरेको अधिकारीले आरोप लगाइन ।


‘ सात बुँदे सहमति गरेर दलका नेताहरुले हस्ताक्षर गरेका छन्,’ अधिकारीले भनिन् ‘ हिजोसम्म मलाई मन्त्री दिने भन्ने थियो तर आज चाँही यस्तो गर्छन भने यो कहाँ सम्मको राजनीतिक बेइमानी हो भन्नु न।’
रुपन्देहीबाट प्रतिनिधित्व गर्ने अधिकारी लुम्बिनी प्रदेशमा नेकपा एसकी एक्ली र समानुतातिक सांसद हुन ।


नेकपा एसका लुम्बिनी प्रदेश अध्यक्ष सोमप्रशाद पाण्डेले आँफुहरुलाई उपमान र बेवास्ता गरिएको टिप्पनी गरे ।
‘ हैन हामीलाई बेइमानी गरेको छ,’ उनले भने ‘ हामीलाई मन्त्रीदिने कुरा लिखत छ र त्यो हुँदा हुँदै हामीलाई अपमान गरिएको छ ।’


सत्ता गठबन्धन दलहरुले आँफुहरुलाई एक खालले वेवास्ता गरिएको पाण्डेले गुनासो गरे ।
चैत २२ गतेको दिन यसअघिका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले राजीनामा नदिइ रहेको समयमा आँफुहरुकै कारण जोखबहादुर महरा मुख्यमन्त्री बन्न पाएको अध्यक्ष पाण्डेले बताए ।


‘ महराको पक्षमा ४३ जना मात्रै थियो र मैले नै निर्देशन गरेर हाम्रा सांदसलाई हस्तक्षर गर्न लगाएपछि ४४ पुग्दा डिल्लीबहादुर चौधरीले त्यसको दुई मिनेट मै पदबाट राजीनामा दिनु भएको थियो,’ अध्यक्ष पाण्डेले भने ‘ हिजोको विश्वास र समझदारी त्यो कायम मुख्यमन्त्रीले गरेनन् त्यसले उहाँलाई कति फाइदा पुग्छ भोलि कुरा हो त्यो ।’

प्रकाशित मिति : २०८१ बैशाख ६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *