२०८१ बैशाख १८ गते मङ्गलवार

मुख्यमन्त्री महराले सरकार बिस्तार गर्दै

सत्ता गठबन्धन दल मध्य नेकपा एस मात्रै बाहिर



दाङ, बैशाख ६ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले बिहीबार सरकार बिस्तार गर्न थालेका छन् ।
नेकपा एमालेका चार जना, नागरिक उन्मुक्ति, जनता समाजबादी पार्टी र स्वतन्त्रबाट एक–एक जनालाई समेटेर उनले सरकार बिस्तार गर्न थालेका हुन ।


सत्ता गठबन्धन दल मध्यकै नेकपा (एकीकृत समाजबादी)लाई भने सरकारमा सहभागि बनाइएको छैन ।
एमालबाट आज भूमिश्वर ढकाल, दिनेश पन्थी, अर्जुनकुमार केसी र रत्नबहादुर खत्री मन्त्री बन्न थालेको एमाले संसदीय दलका नेता लीला गिरीले फरककोणलाई जानकारी दिए ।


मन्त्रायको भागवन्डा नमिलेको हुँदा उउनीहरुले सबैले आज बिनाबिभागिय मन्त्रीका रुपमा सपथ गराउन लागिएको छ ।
बाँकेबाट प्रतिनिधित्व गर्ने नेकपा माओबादी केन्द्रकी कृष्णा केसीले मन्त्री हुन अस्विकार गरेकी छन । ‘ मैले मन्त्री हुन मानिन,’ उनले भनिन् ‘ मलाई मन्त्री हुन मन लागेन ।’


भावबन्डा पु¥याउन मन्त्रालय फोड्दै दश वटा मन्त्रालय पु¥याउने कुरा आँफुलाई मन नपरेको हुँदा आँफुले मन्त्री बन्न नचाहेको केसीले बताइन ।
‘ केही काम नगर्ने खाली मन्त्री मात्रै हुने मलाई मन परेन,’ उनले भनिन् ‘आँफुले काम गरि देखाउन नसक्ने अवस्थामा मन्त्री भइ के बदनामी कमाउनु भन्ने लाग्यो।’


स्रोतका अनुसार यसअघिकी मन्त्रीसमेत रहेकी केसीले आँफुले मागेको मन्त्रालय नपाएको हुँदा मन्त्री बन्न अस्विकार गरेकी हुन । केसीलाई सिंचाइ, ऊर्जा तथा खानेपानी मन्त्री बन्न प्रस्ताब गरिएको थियो ।


त्यस्तै बाँकेबाट प्रतिनिधित्व गर्ने जसपाका नेता भण्डारीलाल अहिर अहिरलाई फेरिपनि कृषि मन्त्रालयको जिम्मेवारी तोकिएको छ । नागरिक उन्मुक्ति पार्टीका धर्मबहादुर चौधरीले पनि बिनाबिभागिय मन्त्रीका रुपमा सपथ लिन थालेका छन् ।

नेकपा एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्य र रोल्पाबाट स्वतन्त्र रुपमा निर्वाचित भएपनि माओवादी रोजेका दिपेन्द्र पुनले बिना बिभागिय मन्त्रीका रुपमा चैत २३ गते सफत लिएका थिए । आचार्यलाई अर्थ र पुनलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिन थालिएको छ ।


महरा चैत २३ गते ४८ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए । लुम्बिनीमा हाल ८६ सांसद छन् । बहुमत शिद्ध गर्न ४४ सांसद चाहिन्छ । यो संगै मन्त्रालयको संख्या दश पुग्ने छ ।

प्रकाशित मिति : २०८१ बैशाख ६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *