२०८१ बैशाख १९ गते बुधवार

काँग्रेस सल्यानका सभापति बिष्टमाथि कुटपिट गर्ने पूर्वाधारका हाकिम पक्राउ


दाङ, बैशाख २ । नेपाली काँग्रेस सभापति केशबहादुर बिष्टलाई कुटपिट गरेको आरोपमा सल्यान जिल्लाका पूर्वाधार बिकास कार्यालय प्रमुख (सिडिई) हरिबहादुर वली पक्राउ परेका छन् ।


आइतबार बिहान कार्यालय प्रमुख वलीलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले वलीलाई प्रहरी हिरासतमा राखेको छ ।
जिल्ला प्रहरी प्रमुख डिएसपी नबीन कार्कीले चैत २९ गते बेलुका सल्यानको सल्लीबजारस्थित कृष्ण होटेलमा काँग्रेस जिल्ला सभापति ५६ बर्षीय बिष्टमाथि कार्यालय प्रमुख ३६ बर्षीय वलीले कुटपिट गरेका थिए ।


कार्यालय प्रमुख वलीको आक्रमणबाट काँग्रेस सभापति बिष्टको टाउकोमा पाँच वटा टाँका लगाइएको छ ।
काँग्रेस सभापति बिष्टले कार्यालय प्रमुख वलीले कुराकानीकै क्रममा बियरको बोत्तलले आक्रमण गरेको भन्दै प्रहरीमा किटानी जाहेरी दिएका थिए ।


सोही जाहेरीका आधारमा प्रहरीले वलीलाई पक्राउ गरेको हो ।
प्रहरी हिरासतमा रहेका कार्यालय प्रमुख वली बिरुद्ध बिष्टले कुटपिट तथा अभद्र ब्यबहार सम्बन्धि मुद्दा दिएका छन् ।

घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।
वलीलाई आइतबार नै म्याद थपका लागि जिल्ला अदालतमा पठाउने तयारी गरिएको पनि प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०८१ बैशाख २ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *