२०८१ बैशाख १९ गते बुधवार

तुलसीपुरमा कोवल वलीले खोलिन होटेल


तुलसीपुर, बैशाख १ । नेकपा एमालेकी नेतृ तथा पूर्व राष्ट्रियसभा सदस्य कोमल वलीले तुलसीपुरमा होटेल संचालनमा ल्याएकी छन् ।


तुलसीपुर उपमहानगरपालिका – ६ गोलौरास्थित झन्डै एक बिगाहा जग्गामा खोलिएको कोमल रेष्टुँरा एण्ड लजको एक समारोहका बीच शुक्रबार बेलुका उद्घाटन गरिएको छ ।


कार्यक्रममा प्रमुख जिल्ला अधिकारी, जिल्लाका प्रहरी अधिकारी, तुलसीपुरस्थित १९ नम्बर बाहिनीका बाहिनी पति, तुलसीपुरका मेयर, नेपाली काँग्रेसका नेता, तुलसीपुर क्षेत्रका उद्योगी , ब्यापारी, पत्रकार लगाएतको जमघट थियो ।


उद्घाटन कार्यक्रममा लोकदोहरी गायिका टीका सानु, कृष्ण रेउले, हाँस्य कलाकार कमल गाउँले, कोमल वली लगाएतले प्रस्तुती राखेका थिए ।

प्रकाशित मिति : २०८१ बैशाख १ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *