२०८३ बैशाख १२ गते शनिवार

केपी ओलीले प्रधानमन्त्री वा पार्टी अध्यक्ष मध्य एक छोडनुपर्छ – बामदेव गौतम

प्यूठान, जेठ १७ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य वामेदव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीले दुई मध्य एक पद त्याग्नु पर्ने बताएका छन् । एउटै व्यक्ति दुई पदमा बसिरहँदा पार्टी एकता दिगो हुन नसक्ने उनले स्पष्ट पारे । शुक्रवार प्रेस सगंठन प्यूठानले जुर्मिमा आयोजना गरेको पत्रकार भेटकाट कार्यक्रमलाई सम्वोधन गर्दै नेता गौतमले पार्टी एकीकरणका क्रममा भएको सहमति अनुरुप अगाडि नबढे पार्टी एकता दिगो नहुने स्पष्ट पारे । एकीकरणको समयमा भएकाभे सहमति अनुसार कि अध्यक्षद्वयले आलोपालो सरकार चलाउनु पर्ने वा प्रधानमन्त्रीले अध्यक्ष पद छाड्नुपर्ने नेता गौतमले बताए ।

सहमति कार्वान्वय हुनुपर्ने बताएका उनले सहमति उल्लंघन गरिए पार्टी एकता बिथोलिने चिन्ता जाहेर गरे । सरकार सञ्चालनको लागि नेकपाले पाँच वर्षको म्यान्डेट पाएको भएपनि सहमति कार्यान्वय नभए त्यो संभावना बिथोलिने खतरा उनले औंल्याएका थिए ।

नेतृत्व परिवर्तन गर्न आवश्यक भइसकेको आशय व्यक्त गरेका उनले एउटै व्यक्ति दुवै पदमा रहँदा पार्टी एकताको स्पिरिट अनुसार अगाडि बढन् कठिन हुने धारणा राखे । बामदेवको पछिल्लो भनाईले अब नेकपा भित्र सरकारको नेतृत्वको विषयमा बहस पैदा हुने कतिपयले अनुमान गरेका छन् ।

नेकपा प्यूठानमा असन्तुष्टि चुलिदै
नेकपा प्यूठानमा पार्टी नेतृत्वले जिल्ला कमिटीमा आफूखुसी गरेको भन्दै असन्तुष्टि चुलिएको छ । प्यूठानमा पूर्व माओवादीले छलफल गरेर जिल्ला कमिटीको टुंगो लगाएको भएपनि पूर्व एमाले भित्र भने नेताले खल्तिवाट नाता गोता र आफन्तलाई राखेपछि विवाद बढेको एक नेताले बताए । शुक्रवार विजुवारमा भएको सफत ग्रहण कार्यक्रम असन्तुष्टहरुले बहिस्कार गरेका छन् । १ सय ३५ जना जिल्ला कमिटी सदस्यहरु मध्ये एक दर्जन बढीले सफत ग्रहण कार्यक्रम बहस्किार गरेको ती नेताले नाम उल्लेख नगर्ने सर्तमा बताए ।

सफत कार्यक्रमका प्रमुख अतिथि नेकपा सचिवालय सदस्य बामदेव गौतमलाई असन्तुष्ट पक्षले ध्यानाकर्षण पत्र समेत बुझाएको उनले बताए । असन्तुष्टहरुले यसअघि नै प्रदेश कमिटी अध्यक्ष र सचिवलाई समेत पत्र बुझाएका थिए ।

यसअघि पूर्व एमालेको जिल्ला कमिटीको जिम्मेवारी संहालेका १५ जनाभन्दा बढी जिल्ला नेताहरु नेकपाको जिल्ला कमिटीमा नपारिएको र त्यसको ठाउँमा आफन्त तथा नातेदारलाई पारिएको हुँदा असन्तुष्टि चुलिएको बताइन्छ ।

 

प्रकाशित मिति : २०७६ जेष्ठ १७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *