२०८३ भाद्र ११ गते बिहिवार

लुम्बिनीका मुख्यमन्त्री महराले आज विश्वासको मत लिदै


दाङ, चैत ३० । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले आज विश्वासको मत लिने भएका छन् ।


दउँसो १ बजेका लागि आह्वान गरिएको चौथो अधिबेशनको दोस्रो बैठकमा महरालो विश्वासको मत लिन थालेका हुन ।


तर, दलिय सहमति अनुसार आँफुलाई मन्त्री नबानाएको भन्दै नेकपा एकीकृत समाजबादीले भने रुष्ट बनेको छ ।
मन्त्री नपाउँदासम्म विश्वासको मत नदिने चेतावनी उक्त पार्टीका नेताहरुले दिन थालेका छन् ।


नेकपा एकीकृत समाजवादीकी एक्ली प्रदेशसभा सदस्य भगवति अधिकारीले विश्वासको मत दिन कि नदिने ? भन्ने बारेमा छलफल भइ रहेको बताइन ।


दलहरुका बीचमा नेकपा एकीकृत समाजवादीलाई पनि सरकारमा सहभागी गराउने सहमति भएपनि मुख्यमन्त्री महराले त्यो सहमति कार्यान्वयन गर्न चासो नदेखाएको हुँदा आशंका पैदा भएको उनले बताइन ।


महरा चैत २३ गते मुख्यमन्त्री नियुक्त भएका थिए । चैत २५ गते मुख्यमन्त्री महरा संगै एमालेका एक, माओवादी केन्द्रका एक र जनता समाजवादी पार्टीका एक जना मन्त्रीले बिनाबिभागिय मन्त्रीका रुपमा सपथ लिएका थिए ।


उनी पाँच राजनीतिक दलका ४७ र एक जना स्वतन्त्री गरि ४८ सांसदको समर्थनमा मुख्यमन्त्री बनेका थिए ।

प्रकाशित मिति : २०८० चैत्र ३० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *