२०८१ जेष्ठ ५ गते शनिवार

गायिका अस्मिता संगै झुमे बिद्यार्थी

ज्ञानज्योति प्रतिको विश्वास डगमगाउन दिदैनौं – सुरेन्द्रबहादुर जिसी



तुलसीपुर, चैत २७ । पब्लिक ज्ञानज्योति कलेज तुलसीपुरका बिद्यार्थी बुधबार बिहानैदेखि सांगीतिक माहोलमा रमे । चर्चित गायिका अस्मिता अधिकारी स्टेजमा पुगेपछि बिद्यालय परिशर उल्लासमय बन्न पुगेको थियो ।


गायिका अस्मिताले जब ‘आकाशको तारा, यो धर्ती सारा’ बोलको गीत गाउँदै स्टेजबाट वर्लिएर बिद्यार्थी माझ पुगिन तब सारा बिद्यार्थी संगै स्वरमा स्वर मिलाउँदै झुमेका थिए । अस्मिता संगै बिद्यार्थी नाचेका थिए ।


काले केटाले, तिम्रो रुपै करौती, तिम्रो घरको वरिपरी, काफल खान्या कुँइया, मेरो सिरानी होस तिम्रो काख, तिम्रो मायाले बाधेर राख, लगाएतका गीतहरु गाउँदा विद्यालयको वातावरण संगीतमय बन्न पुगेको थियो ।
ज्ञानज्योति फाउन्डेसनका प्रमुख सुरेन्द्रबहादुर जिसीले शिक्षक, बिद्यार्थी र अभिभाबकको मेहेन तथा विश्वासका कारण ज्ञानज्योति सबैको प्रिय बन्न पुगेको भन्दै खुसी साटेका थिए । भविश्यमा यो विश्वास डकमगाउन नदिने भन्दै शिक्षाको उन्नयनका लागि लागि पर्ने प्रण गरे ।


‘ भविश्यमा मुलककै एक उत्कृष्ट शैक्षिक संस्था बनाउने हाम्रो सपना छ,’ जिसीले भने ‘ त्यसमा तपाँईहरुको सल्लाह, सुझाव र हातेमालो चाहिने छ ।’


जिसीले बिदाइ भइ जान थालेका बिद्यार्थीलाई आफ्नो भविश्यको लक्ष्य , उदेश्य कहिलै नभूल्न र बिद्यालयको नाम संधै उँचो राख्न आग्रह गरे । ‘उमेर संगै जिवनको मार्ग दर्शनलाई अनुशरण गर्दै तपाँईहरु सबै भविश्यका असल नागरिक बन्नु हुने छ भन्ने विश्वास छ,’ जिसीले भनेका थिए ‘ बिदाइ भइ जान थालेका सबै भाइ बहिनीहरुको उज्वल भविश्यको कामना गर्दछु।’

ज्ञानज्योतिले कक्षा १२ का विद्यार्थीका लागि विदाई कार्यक्रम आयोजना गरेको थियो । कक्षा ११ का विद्यार्थी प्रेम खड्काको अध्यक्षता र तुलसीपुर उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख चक्र भण्डारीको प्रमुख आतिथ्यतामा विदाई कार्यक्रम भएको हो ।


त्यसअवशरमा शिक्षक जितेन्द्र बस्नेत, बसन्त रावत, बुद्धिराम पौडेललाई नगद १५ हजारसहित उत्कृष्ट शिक्षकका रुपमा सम्मान गरिएको थियो ।


कार्यक्रमको सहजीकरण शिक्षक सन्तोष केसी र सोमराज बस्नेतले गरेका थिए ।

प्रकाशित मिति : २०८० चैत्र २८ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *