२०८१ असार ३ गते आइतवार

सुन तोलामा एक लाख ३५ हजार ६ सय रुपौयाँ पुग्यो

काठमाडौं,चैत २६ । स्थानीय बजारमा पहेँलो धातुको मूल्यमा सोमबार पनि वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा छ सय रुपौयाँले वृद्धि भएको छ ।

आइतबार प्रतितोला एक लाख ३५ हजार छ सय रुपौयाँमा कारोबार भएको छापावाला सुन आजका लागि भने एक लाख ३६ हजार दुई सय रुपौयाँ कायम भएको छ ।

तेजाबी सुन तोलामा एक लाख ३५ हजार पाँच सय ५० रुपौयाँ तय भएको छ । आइतबार तेजाबी सुन तोलामा एक लाख ३४ हजार नौ सय ५० रुपौयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ । आइतबार तोलामा एक हजार छ सय ७० रुपौयाँमा कारोबार भएको चाँदी आजका लागि भने एक हजार छ सय ८५ रुपौयाँ निर्धारण भएको छ ।

प्रकाशित मिति : २०८० चैत्र २६ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *