२०८१ बैशाख २१ गते शुक्रवार

लुम्बिनी प्रदेश सरकारको प्रवक्तामा दिपेन्द्रकुमार पुन


दाङ ,चैत २६ । लुम्बिनी प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी बिनाविभागीय मन्त्री दिपेन्द्रकुमार पुन मगरलाई दिइएको छ ।

नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराको अध्यक्षमा बसेको पहिलो बैठकले पुनलाई जिम्मेवारी दिएको हो ।

प्रवक्ता पुन रोल्पा रोल्पा १ (२) बाट निर्वाचित सांसद हुन् । २०७९ को चुनावमा पार्टीले टिकट नदिएपछि विद्रोह गरेर स्वतन्त्र उम्मेदवार बनेका पुनले कांग्रेस–माओवादीसहितको गठबन्धनका उम्मेदवार कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनलाई पराजित गरेका थिए ।

चुनाव जितेको केही समयपछि उनी माओवादीमा फर्किएका थिए ।

मन्त्रिपरिषद्को पहिलो बैठकले दाङको राप्ती गाउँपालिका–१ भालुवाङमा प्रस्तावित १५ बेडको अस्पतलालाई विशेषज्ञ चिकित्सकसहितको अस्पतालका रूपमा विकास गर्ने भएको छ ।

त्यसको लागि अर्थ मन्त्रालयले पूर्वसहमति दिएको र सोही आधारमा प्रदेश सरकारले स्वीकृति दिने निर्णय गरेको हो ।

सत्ता गठबन्धनबीच समझदारीमा पहिलो चरणमा एमालेबाट चेतनारायण आचार्य, माओवादीका पुन र जसपाका भण्डारीलाल अहिर बिनाविभागीय मन्त्री बनेका छन् ।

प्रकाशित मिति : २०८० चैत्र २६ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *