२०८१ बैशाख २० गते बिहिवार

लुम्बिनीमा महरासहित थप ३ मन्त्रीले सफत लिदै


दाङ, चैत २५ । लुम्बिनीका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले थप तीन मन्त्रीसहित आज सफत लिने छन् ।
रोल्पाको निर्वाचन क्षेत्र नं. १(१) बाट निर्वाचित महरासहित, रोल्पाको क्षेत्र नं. १ (२) बाट दिपेन्द्र पुन (सिजल), नेकपा एमाले संसदीय दलका उपनेता तथा अर्धाखाँचीको निर्वाचन क्षेत्र नं. १ (१) बाट निर्वाचित चेतनारायण आचार्य र बाँके क्षेत्र नं. २ (१) बाट जसपाबाट निर्वाचित यसअधिका कृषि मन्त्री भण्डारीलाल अहिरले बिना बिभागिय मन्त्रीको रुपमा सफत लिन लागेका हुन ।
रोल्पाका पुन टिकट नपाएपछि बिद्राही गरि स्वतन्त्र रुपमा निर्वाचित भइ पुनः माओबादी पार्टी रोजेका ब्यक्ति हुन ।

माओबादी लुम्बिनी प्रदेशका प्रमुख सचेतक इन्द्रजित थारुले मुख्यमन्त्री महरासहित थप तीन जनाले आज सफत लिने भएपनि मन्त्रीहरु भने सबै बिनाबिभागिय हुने बताए ।

महरालाई मुख्यमन्त्री बनाउन उनको दल माओवादी, नेकपा (एमाले) , जसपा, नेकपा (एकीकृत समाजवादी) र स्वतन्त्र सांसद खड्ग बस्नेतसहित ४४ जना सदस्यले हस्ताक्षर बुझाएका थिए । त्यसपछि नागरिक उन्मुक्ति पार्टीले पनि आफ्नो ४ जना सांसदको हस्ताक्षरसहित महराको पक्षमा हस्ताक्षर बुझाएको थियो । त्यो सहित ४८ जना सांसदको समर्थनमा महरा मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

गत बैशाख १४ गते मुख्यमन्त्रीमा नियुक्त भएका नेपाली काँग्रेसका नेता डिल्लीबहादुर चौधरीले केन्द्रमा सत्तासमिकरणमा आएको फेरबदलका कारण चैत २३ गते पदबाट राजीनामा घोषणा गरेका थिए ।
८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा सरकार बनाउन ४४ सांसदको समर्थन चाहिन्छ। एक जना राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदले यो बीचमा पद गुमाइसकेको हुँदा हाल ८६ सदस्य मात्रै छन ।

लुम्बिनीमा एमालेका २९, माओवादीका सभामुखसहित ११, जनता समाजवादीका ३, नेकपा एकीकृत समाजवादीका १ र स्वतन्त्रबाट १ सांसद छन । नागरिक उन्मुक्ति र जनमतका ४ जना सांसद छन । लोकतान्त्रिक समाजवादीका ३ सांसद छन । उनीहरूले पनि महरालाई समर्थन गर्ने भनिएपनि लिखित प्रतिबद्धता भने जनाइसकेका छैनन् ।

लुम्बिनीमा कांग्रेसका २७ सांसद छन । राष्ट्रिय प्रजातन्त्र पार्टीका ३ सांसद छन् । राप्रपाले यो सत्तासमीकरणमा सहभागिता नजनाउने निर्णय गरिसकेको छ। एक जना मात्रै सांसद रहेको राष्ट्रिय जनमोर्चाले के गर्छ भन्ने खुलेको छैन।

प्रकाशित मिति : २०८० चैत्र २५ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *