२०८१ बैशाख २० गते बिहिवार

केही महिना भित्र काग्रेस – एमाले गठवन्धनको नयाँ सरकार बन्छ : संकर भण्डारी

दाङ,चैत २४ । नेपाली काग्रेसका केन्द्रिय सदस्य एवं पुर्व मन्त्री संकर भण्डारीले अबको केही महिना भित्रै काग्रेस एमाले गठवन्धनको नयाँ सरकार बन्ने बताएका छन् ।

नेपाल प्रेस युनियन दाङले घोराहीमा गरेको पत्रकार सम्मेलनमा बोल्दै काग्रेस नेता भण्डारीले अहिलेको गठवन्धन सरकार आफ्नै कारणले हनिमुन पिरियडसम्म पनि मनाउन नपाएर ढल्ने र काग्रेस एमालेका बिचमा तालमेल भएर नयाँ सरकार बन्ने उनको दावी छ ।

अस्थीर सकरकारका कारण जनतालाई सेवा प्रवाहमा कठिनाइ भएको भन्दै नेता भण्डारीले काग्रेस एमाले यो मुलुकमा स्थायीत्व कायम गर्नका लागि नयाँ सरकार निमार्णका लागि बिभिन्न चरणको गृहकार्य भैरहेको बताए ।

पछिल्नो समय नेपाली राजनितीमा केही डरलाग्दा परिदृष्यहरु देखा परिरहेको भन्दै त्यसका लागि दुई ठुला राजनितीक शक्तिका बिचमा कार्यगत एकता कायम गरी त्यसखालका परिदृष्यलाई परास्त गर्ने बताए ।

साना राजनितीक दलका धेरै पसलहरु भएका कारण नेपाली राजनितीमा दुई ठुला राजनितीक शक्तिलाई पाखा राखेर बिभिन्न तत्वहरुले खेल्ने अवसर पाएको भन्दै त्यसखाले तत्वलाई परास्त गर्न पनि काग्रेस एमाले गठवन्धनको नयाँ सरकार बन्ने बताए ।

काग्रेस एमाले गठवन्धनको सरकार पछि साना साना राजनितिक दलहरुका धेरै सटरहरु बन्द हुने पनि उनको भनाइ छ ।

नेपाली काग्रेस र नेकपा एमाले फरक राजनितीक विचारबाट प्रभावित भएपनि सरकार संचालन गर्न र जनतालाई सेवा प्रवाह गर्ने सवालमा सहकार्य हुने उनको भनाई छ ।

प्रकाशित मिति : २०८० चैत्र २४ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *