२०८१ बैशाख २० गते बिहिवार

बैशाख १५ उपनिर्बाचन : इलाम-२ मा सात जनाले गरे उम्मेदवारी दर्ता

दाङ,चैत २४ । वैशाख १५ मा हुने उपनिर्वाचनका लागि इलाम-२ मा सात जनाले उम्मेदवारी दर्ता गराएका छन्।

इलामका सहायक निर्वाचन अधिकृत इन्द्र श्रेष्ठका अनुसार एमालेबाट सुहाङ नेम्वाङ, सिके राउत नेतृत्वको जनमत पार्टीका तर्फबाट प्रेमकुमार थाम्सुहाङ, नेपाल मजदूर किसान पार्टीका श्यामकुमार दर्जी, मंगोल नेशनल अर्गनाइजेसनका तर्फबाट मनिकुमार लिम्बूले उम्मेदवारी दर्ता गराएका छन्।

यस्तै स्वतन्त्र उम्मेदवार डाकप्रसाद गौतम र डकेन्द्र सिंह लिम्बूले पनि उम्मेदवारी दर्ता गराएका छन्।

त्यस्तै, एकीकृत समाजवादीबाट जीत बहादुर राईले उम्मेदवारी दिएका छन्।

इलाम क्षेत्र नम्बर २ र बझाङ क्षेत्र नम्बर १ (१) मा उपनिर्वाचन हुँदैछ।

प्रकाशित मिति : २०८० चैत्र २४ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *