२०८१ बैशाख २० गते बिहिवार

काँग्रेस नेता शशांक कोइराला र शंकर भण्डारी दाङ आउँदै


तुलसीपुर, चैत २३ । नेपाली काँग्रेसका नेता द्धय शशांक कोइराला र शंकर भण्डारी शनिबार दाङ आउँदै छन् ।


नेपाली काँग्रेस क्षेत्र नं. १ ले दाङको लमहीमा आयोजना गरेको क्षेत्रीय सभालाई सम्बोधन गर्न पूर्व महामन्त्रीसमेत रहेका कोइराला र क्षेत्र नं. २ ले बहुउदेश्य सभाहल घोराहीमा आयोजना गरेको सभालाई सम्बोधन गर्न केन्द्रीय सदस्य भण्डारी एकै साथ दाङ आउन लागेका हुन ।


महाधिबेशन प्रतिनिधि महेश श्रेष्ठका अनुसार नेता द्धय दाङमा आइ शनिबार आयोजित क्षेत्रीय सभालाई सम्बोधन गर्दैै वर्तमान राजनीतिक परिस्थिती र काँग्रेसको भूमिका बारेमा सम्बोधन गर्ने छन् ।

स्वर्गीय नेता खुमबहादुर खड्कको गृह जिल्लामा आउन लागेका मध्य नेता भण्डारी स्वर्गीय नेता खड्काले भन्दै आएको हिन्दुराष्ट्र महाअभियानका संयोजक हुन ।


बिपी पुत्रसमेत रहेका पूर्व महामन्त्री कोइरालापनि नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्नु पर्छ पक्षमा वकालत गर्दै आएका छन् । लमही र घोराहीमा शनिबार मध्यान्ह १२ बजेपछि हुने कार्यक्रममा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : २०८० चैत्र २३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *