२०८१ असार ७ गते बिहिवार

एमाले सल्यानको अध्यक्षमा सेन निर्वाचित

सल्यान , चैत २३ । नेकपा एमाले सल्यानको अधयक्षमा भिमबहादुर सेन निर्वाचित भएका छन् । प्रतिस्पर्धी कुलबहादुर गिरीलाई ४३ मतले पछि पार्दै सेन अध्यक्षमा निर्वाचित भएका हुन् ।

पदाधिकारीमा सेनको प्यानल नै निर्वाचित भएको छ ।

उपाध्यक्षमा १९३ मतका साथ ओज बहादुर बुढाथोकी विजयी भएका छन् । उनका प्रतिस्पर्धी दानबहादुर केसीले १ सय २७ मत ल्याएका छन् ।

सचिवमा १७३ मतका साथ पुष्पा बुढाथोकी निर्वाचिच बनिन् । उनका प्रतिस्पर्धी दिपेन्द्रप्रकाश डिसीले १ सय ४३ मत पाएका छन् ।

उपचचिवमा गणेशमान सिंह १८० मतका साथ विजयी भएका छन् भने प्रतिस्पर्धी गन्जमान बुढाले ११३ र महेश देवकोटाले १४ मत ल्याएका छन् ।

महिला उपसचिवमा सनशिलता वली डिसी १७३ मतका साथ विजयी भएकी छन् भने बुद्धकुमारी खत्रीले १४१ मत ल्याएकी छन् ।

प्रकाशित मिति : २०८० चैत्र २३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *