२०८१ असार ६ गते बुधवार

अस्थिर राजनीतिकले संघीयता माथि ग्रहण लाग्ने खतरा बढ्छ – मुख्यमन्त्री चौधरी

दाङ, चैत २३ । अस्थिर राजनीतिले संघीयता कार्यान्वयनमा ग्रहण लाग्न सक्ने मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बताएका छन् ।

लुम्बिनी प्रदेशको चौथो बिषेश अधिबेशनमा सम्बोधन गर्दै बिहीबार मुख्यमन्त्री चौधरीले पदबाट राजीनामा घोषणा गर्दै त्यस्तो कुरा बताएका हुन ।

उथुलपुथल मात्रै खोजे संघीयता जोगाउन मुस्किल पर्ने उनको भनाई थियो । केन्द्रमा हुने राजनीतिक सत्तासमिकरणका कारण भइ रहने सत्ताको फेर बदलले प्रदेश सरकारको लक्ष्य र उदेश्य पुरा हुनेमा प्रश्न उठेको बताए ।

सत्ताको फेरबदल र संसदमा त्यही आधारमा हुने कुर्सीको फेरबदल प्रदेशको भन्दापनि माथिको कारण भइ रहेको भन्दै छिनका छिन परिवर्तन भइ रहने यस्तो समिकरणले अस्थिरता मात्रै ल्याउने उनले बताएका थिए ।

‘राजनीति र संघीयतामा ग्रहण लागेको हो कि ? हामीले बनाएको ऐन कानुन त्यस्तै हो ,’ उनले भने ‘अब माथिका नेताहरुलाई घचघच्याउनु जरुरी भइ सकेको छ ।’

फेरबदल भइ रहने सत्ता समिकरण संविधानको अर्थ र भावना अनुरुप नभएको हुँदा त्यसले साँच्ची संघीयतालाई लागु गर्न , बिकासका पाइला अगाडि बढाउन लागेका छौं कि ? ती भत्काउन लागेका छौं ः भनेर आशंका पैदा भएको बताए ।

आउने मुख्यमन्त्रीले पनि फोटो झुण्ड्याउने मात्रै नहोस भन्दै उनले त्यसको औचित्य पुष्टि गर्न सक्नु पर्ने औंल्याएका थिए ।

‘साँच्ची हामीले खाएको तलव भत्ता र चढ्ने गाडीको औचित्य पुष्टि गर्न सक्नु पर्छ । सत्ताले सबै कुरा दिदैन त्यसको औचित्य पुष्टि गर्नुपर्छ,’ उनले भने ।

त्यो औचित्य आँफु नेतृत्वको सरकारले पुष्टि गर्न लागि परेको र प्रतिपक्षमा रहेपनि त्यस्तै रचनात्मक सहयोग रहने मुख्यमन्त्री चौधरीले बताए । लुम्बिनी प्रदेशको बिकास र संबृद्धिका लागि दातृ निकाय र संघ संस्थाबाट सहयोग ल्याउन तयारी पारेको हुँदा सबै मिलेर काम गर्नु पर्ने उनले बताएका थिए ।

मुख्यमन्त्री चौधरीले संघीयताले हरेक जनतामा पहुँच पुग्छ भन्ने विश्वास गरिएपनि त्यसको पहुँच मोफसलमा मात्रै सिमित रहेको गुणासो गरे ।

‘संघीयताले बिकासमा प्रतिष्पर्धा ल्याउँछ भन्ने हो । तर, केन्द्र सरकारले अहिले पनि संघीयता प्रदेशलाई दिएको छैन,’ उनले भने ‘ राजनीतिक फेरबदलले केही महिना एउटा यता र केही महिना अर्कौ उता हुने अवस्थाले संघीयता कार्यान्वयमा जटिलता थपिएको छ ।’
कर्मचारीले राजनीतिक फेरबदल हुनासाथ कामै नगर्ने र एक महिना अगाडिदेखि नै बाहना गरि बिदा बस्ने प्रबृतिले काम गर्न सकस भएको बताए । कर्मचारीले बजेट छुट्याएपनि बिकास गर्न नजानेको तथा छुट्याएको पैंशापनि कार्यान्वयनमा असहयोग गरेको गुनासो गरे ।

‘ हामीले प्रशासन चुस्त दुरुस्त कहिलै राख्न सकेनौं । योजना कार्यान्वयन पक्ष निकै कमजोर रह्यो,’ उनले भने ‘अर्थमन्त्रीले बजेट बक्तब्य पढेपनि त्यो उहाँले नै बुझ्नु भएको थिएन ।’

अन्तिम समयमा आएर रोकिन पुगेको लुम्बिनी शिखर सम्मेलन बारे धेरै गलत भ्रमहरु सृजना गरेको उनले गुनासो गरे ।

‘दलाई लामा नेपालमा आउनै सक्दैनन्, तर उनी त्यो शिखर सम्मेलनमा आउँदै छन् भन्ने भ्रम छर्न खोजियोे,’ उनले भने ‘ शिखर सम्मेलन रोकिदा त्यसले लुम्बिनीको सान मान मात्रै हैन झन्डै तीन खरब रकम आउने संभावना थियो ।’

आँफु आएपछि जग्गा फुकुवा गरेको, बैंकको ऋण लिन पाउने अवस्था मिलाएको उल्लेख गरे ।

११ महिनाको कार्यकालमा सक्ने जत्ति नयाँ कुरा गर्न खोजेको, युवा जनजातिका सीप, कला र जाँगरलाई अगाडि बढाउने प्रयत्न गरेको हुँदा आउने सरकारले पनि त्यसलाई निरन्तरता दिने उनले आशा ब्यक्त गरे ।

आफ्ना पालामा प्रशासनिक कानुन ल्याएको र त्यसले काम गर्न सहज हुने उनले विश्वास ब्यक्त गरे । उनले अब बन्ने नयाँ सरकार संग मिलेर लुम्बिनीको बिकास र संबृद्धिका लागि रचात्मक रुपमा सहयोग रहने बताएका थिए ।

प्रकाशित मिति : २०८० चैत्र २२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *