२०८१ बैशाख १० गते सोमवार

प्रतिनिधिसभा बैठक बस्दै

काठमाडौं,चैत २१ । प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे बस्न लागेको हो ।

बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले संघीय निजामती सेवा विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।

कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साहले कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको प्रतिवेदनसहित राष्ट्रिय सभामा उत्पत्ति भएको खाद्य स्वच्छता तथा गुणस्तर विधेयक-२०७७ छलफल र पारितका लागि प्रस्ताव गर्ने कार्यसूची पनि छ ।

यस्तै आजै दिउँसो १ः१५ बजे राष्ट्रियसभाको बैठक पनि बस्नेछ ।

प्रकाशित मिति : २०८० चैत्र २१ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *