२०८१ बैशाख १६ गते आइतवार

दलहरूबिचको सहमतिमै संसद् अघि बढाउछौँ ः सभामुख देवराज घिमिरे


काठमाडौँ ,चैत १६ । सभामुख देवराज घिमिरेले दलहरूबिचको सहमतिमा आगामी संसद् बैठक अघि बढ्ने दाबी गरेका छन्। जेनेभामा भएको अन्तर व्यवस्थापिका संघ(आइपियू)को महासभामा सहभागी भएर शुक्रबार स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग उनले यस्तो बताएका हुन्।

घिमिरेले आफू विदेशमा भएको बेला देशमा के(के राजनीतिक सन्दर्भहरु भए भन्ने कुरा धेरै थाहा नभएको बताए। आफू विदेश जाँदा प्रतिनिधिसभा बैठक नै स्थगित गरेर जानुपर्ने कारणबारे सञ्चारकर्मीले सोधको प्रश्नमा घिमिरेले आफू विदेश भएको बेला स्वदेशमा के भयो भन्ने कुरा धेरै थाहा नभएको जवाफ दिए।

उनले भने,’दलहरूबिच छलफल हुन्छ र सोही अनुसार हामी अघि बढ्छौ संसद् अवरोधबारे दलहरूबिच छलफल गरेर संसद् बैठकले गति लिन्छ’ उनले संसदीय क्यालेन्डर अनुसार नै चैत १८ गतेबाट बैठक चल्ने पनि बताए।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता समीकरण बदलेसँगै प्रतिपक्षी बन्न पुगेको नेपाली कांग्रेसले पछिल्ला संसद बैठकहरु अवरोध गर्दै आएको छ।

प्रकाशित मिति : २०८० चैत्र १६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *