२०८१ चैत्र ६ गते बुधवार

सकियो तीन दिने ब्रिज कार्यशाला


तुलसीपुर, १५ जेठ ।
तुलसीपुर भएको लैङ्गीक समानता र निर्वाचन विषयक ब्रिज कार्यशालाको समापन गरिएको छ । निर्वाचन आयोगका उपसचिव देशबन्धु अधिकारीको अध्यक्षतामा भएको समापन कार्यक्रममा बोल्दै सहभागीले लैङ्गीक समानता र निर्वाचनसम्बन्धी कार्यक्रमहरु खास गरी प्रत्येक गाउँपालिका, नगरपालिका र उपमहानगरपालिकासम्म पु¥याउनुपर्ने बताए ।

उनीहरुले निर्वाचनका सबै प्रक्रियामा सबैको पहुँच अभिवृद्धिका लागि ठोस कार्यक्रमका साथ आयोग अघि बढ्नुपर्ने समेत सुझाव दिए । उक्त अवसरमा निर्वाचन आयोगका अधिकृत नम्रता चुडाल, जिल्ला निर्वाचन कार्यालय दाङका अधिकार कमलमणि देवकोटा, सहभागी ऋषिराम पौडेल, देवा डाँगीलगायतले तालिममा सिकेका कुराहरु व्यवहारमा लागू गर्ने र अन्य व्यक्तिलाई पनि सिकाउने बताएका थिए ।

सरोकारवालाहरुको क्षमता अभिबृद्धि गर्ने र आयोगका प्रयासबारे जानकारी दिने उद्देश्यले निर्वाचन आयोगले उक्त कार्यक्रमको आयोजना गरिएको जनाएको छ । कार्यक्रमको सहजीकरण आयोगका अधिकृत प्रदिप भट्टराइले गरेका थिए । तीनदिने ब्रिज कार्याशालामा प्रतिनिधिसभा र प्रदेशसभाका अध्यक्ष तथा प्रतिनिधि, अन्तरपार्टी महिला सञ्जालका प्रतिनिधि, सञ्चार प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।

साथै उक्त कार्यशालाको प्रशिक्षकहरुमा निर्वाचन आयोगका उपसचिव देशबन्धु अधिकारी,अधिकृत प्रदिप भट्टराई र अधिकृत नम्रता चुडाल रहेका थिए भने कार्यक्रम युएडिपी र युरोपिएन युनियनको आर्थिक सहयोगमा भएको थियो ।

प्रकाशित मिति : २०७६ जेष्ठ १५ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *