दाङ,चैत ११ । कारबाही र क्षतिपूर्ति माग राख्दै पूर्व पश्चिम राजमार्ग अवरुद्ध पारिएको छ।
करेन्ट लागेर एकै घरका तीन जनाकाे मृत्यु भएपछि लापरबाही गर्ने विद्युत प्राधिकरणलाई कारबाही र उचित क्षतिपूर्तिकाे माग राख्दै राप्ती गाउँपालिका-३ मसुरियामा स्थानीय तथा आफन्तले राजमार्ग अवरुद्ध पारेका छन्।
शनिबार दिउँसो ११ केभीकाे हाइटेन्सन लाइनकाे तार चुडिएर एकै घरका तीन जनाकाे मृत्यु भएको थियाे।
६० वर्षीय गाेरखबहादुर केसी, ५५ वर्षीय दिलसरा केसी र ४ वर्षीय नाति इश्वर केसीकाे मृत्यु भएको थियाे।
गाेरखबहादुरकाे उपचारको क्रममा र दिलसरा र ईश्वरकाे घटनास्थलमा मृत्यु भएको थियाे।
प्रकाशित मिति : २०८० चैत्र ११ गते आइतवार