घोराही, चैत ७ । नेपाली कांग्रेस क्षेत्र नम्बर २ ले चैत २४ गते दोस्रो क्षेत्रीय सम्मेलन गर्ने भएको छ । क्षेत्रीय समितिको बुधबार बसेको बैठकले चैत २४ गते शनिवार घोराहीको बहुउद्धेश्य सभा गृहमा सम्मेलन गर्ने निर्णय गरेको हो ।
क्षेत्रीय सभापति भिमप्रकाश खड्काको अध्यक्षतामा बसेको बैठकले सम्मेलनका लागि विभिन्न समितिमहरु गठन गरेको छ । जसमा गोपालप्रसाद भुषाल संयोजक रहेको आर्थिक समिति, खुमा खड्का संयोजक रहेको अतिथि सत्कार समिति, मधुसुदन अधिकारी संयोजक रहेको मञ्च व्यवस्थापन समिति गठन गरिएको छ ।
बैठकले वडा समितिलाई क्रियाशिल सदस्यता नविकरण छिटो टुङ्याएर प्रतिवेदन पेश गर्न पनि अनुरोध गरेको छ । त्यस्तै समयमै वडा सम्मेलन सम्पन्न गर्न बाँकी रहेका वडा सदस्यलार्य निर्देशन दिइएको छ ।
त्यस्तै चैत ९ गते क्षेत्र नम्बर २ का पूर्व सभापतिहरुको अभिलेखीकरणका सम्बन्धमा छलफल कार्यक्रम आयोजना गर्ने पनि बैठकले निर्णय गरेको छ ।