२०८१ असार ३ गते आइतवार

बस दुर्घटनामा पत्रकार परियारको मृत्यु


दाङ, चैत ६ । बाग्लुङमा भएको बस दुर्घटनामा एक जना पत्रकारको मृत्यु भएको छ ।


रुकुम पूर्वको सिस्ने गाउँपालिका – ५ का रुमालबाराका पत्रकार २५ बर्षीय बिक्रम परियारको मृत्यु भएको छ । परियार नेपाल पत्रकार महासंघ जिल्ला शाखा रुकुम पुर्वको सहसचिव, प्रेस सेन्टर नेपाल रुकुम पुर्वको उपाध्यक्ष हुन । उनी अन्नपूर्ण पोटमा कार्यरत थिए ।


सोमबार सवा पाँच बजेतिर बागलुङ निसीखोला गाँउपालिका – ०६ जाउलेपानीस्थित मध्यपहाडी लोकमार्गमा पश्चिम रुकुमबाट काठमाडौं तर्फ जाँदै गरेको बागमती प्रदेश ०१– ००६ ख ३८७९ नम्बरको बस सडकदेखि झन्डै १५० मिटर तल खसेको थियो ।


बाग्लुङका प्रहरी प्रबक्ता डिएसपी मदन केसीले उक्त दुर्घटनामा नौं जनाको मृत्यु भएको बताए । दुर्घटनामा २६ जना घाइते भएका छन् । दुर्घटनाको कारण खुली नसकेको र अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।


हालसम्म बसमा नाबालिका सहित ३५ जना सवार रहेको र ती मध्य २१ जना घाईतेको धौलागिरी अस्पताल बागलुङमा उपचार जारी रहेको डिएसपी केसीले बताए । घाइते सबैको अवस्था मध्यम रहेको र पाँच जना गम्भीर घाईतेलाई मणिपाल अस्पताल पोखरा रिफर गरिएको छ ।

प्रकाशित मिति : २०८० चैत्र ६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *