कास्की, चैत ५ । गण्डकी प्रदेशको भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रीको रुपमा राजीव गुरूङ ‘दीपक मनाङ’ ले सोमबार शपथ लिएका छन् ।
नबनियुक्त मन्त्री गुरुङलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले शपथ खुवाएका हुन ।
उनलाई मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्री नियुक्त गरेका थिए। पहिलो पटक गुरुङलाई पृथ्वीसुब्बा गुरूङले खेलकुद मन्त्री बनाएका थिए । गुरुङ अहिले समेत गरी चौथो पटक प्रदेश मन्त्री बनेका हुन ।
मनाङबाट प्रदेश सभा सदस्यमा उनी स्वतन्त्र उम्मेदवारका रुपमा निर्वाचित भएका थिए ।
त्यसपछि नेकपा एकीकृत समाजवादी पार्टी प्रवेश गरेका उनले हाल आएर आफूलाई स्वतन्त्र सांसदको हैसियत प्रदान गर्न संसद सचिवालय गण्डकीमा निवेदन दिएका थिए।
प्रकाशित मिति : २०८० चैत्र ५ गते सोमवार