
दाङ, १४ जेठ ।
गणतन्त्र दिवसको अवसरमा नेपाली काँग्रेस दाङले संघीयताको कार्यान्वयन र चुनौति विषयक अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ । बुधवार घोराहीको पार्टी कार्यालयमा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको काँग्रेसका जिल्ला सचिव शंकरप्रसाद डागीले जानकारी दिएका छन् ।
डाँगीले एक प्रेस विज्ञप्ति जारी गर्दै बुधवार मध्यान्ह १२ बजे हुने कार्यक्रममा उपस्थितका लागि सबैमा आग्रह गरेका छन् । त्यस्तै नेपाली काँग्रेस साविक क्षेत्र नं. ३ का क्षेत्रीय सभापति भूपबहादुर डाँगी र सचिव बद्रिकुमार खड्काले पनि विज्ञप्तिमार्फत कार्यक्रममा सहभागिताको लागि आग्रह गरेका छन् ।
प्रकाशित मिति : २०७६ जेष्ठ १४ गते मङ्गलवार