२०८३ असार २७ गते शनिवार

तीन प्रदेश प्रमुख हटाइए


दाङ, फागुन ३० । राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार तीन प्रदेशका प्रमुखलाई पदमुक्त गरेका छन् ।

सोमबार मन्त्रिपरिषदको बैठकले मधेस प्रदेशका प्रमुख हरिशंकर मिश्र, गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरूङ र सुदुरपश्चिम प्रदेश देवराज जोशीलाई पदमुक्त गर्न सिफारिस गरेको थियो। सोही आधारमा राष्ट्रपति पौडेलले तीन प्रदेश प्रमुखलाई पदमुक्त गरेका हुन ।


साथै मन्त्रिपरिषद बैठकले अब मधेस प्रदेशमा सुमित्रा भण्डारी, गण्डकी प्रदेशमा डिल्लीराज भट्ट र सुदुरपश्चिम प्रदेशमा नजिर मियाँलाई प्रमुख नियुक्त गर्नका लागि सिफारिस गर्ने निर्णय गरि सकेको छ ।


सत्ता समिकरणमा आएको फेर बेदल संगै प्रदेश प्रमुख हटाइएका हुन ।

प्रकाशित मिति : २०८० फाल्गुन ३० गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *