२०८२ जेष्ठ ३० गते शुक्रवार

लुटेरा समूहको आक्रमणमा बाँकेमा एक जनाको मृत्यु


दाङ,फागुन २४ । बाँकेको जानकी गाउँपालिकाको मानपुर नजिकै लुटेरा समूहको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

मध्यरात आएका ५-७ जनाको समूहले लुटपाट गर्ने क्रममा प्रतिकार गर्दा उनीहरूको चिर्पट दाउराको प्रहारबाट जानकी ३ रुद्रपुर नयाँ बस्तीका सन्तोष कठरिया थारुको मृत्यु भएको हो ।

चिर्पट दाउराको प्रहारबाट गम्भीर घाइते भएका थारुको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मध्यरात साढे १२ बजेको समयमा कठरियाको घरमा जबरजस्ती प्रवेश गर्न खोजेका समूहको प्रतिकार गर्दा अज्ञात समूहले उनीमाथि चिर्पट दाउराले प्रहार गरेको बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुवास चन्द्र बोहराले बताए ।

लुटपाटकै उद्देश्यले आएको अनुमान गरिएको सो समूहको प्रतिकारका क्रममा मृतक केडेरियाकी श्रीमती सविता राजवंशी थारु पनि घाइते भएकी उनले बताए ।

अज्ञात समूहबाट आक्रमण भएको जानकारी प्राप्त भए लगत्तै प्रहरी परिचालन गरिएको र घाइतेको उद्धार सहित खोजी अभियान थालिएको एसपी बोहराले बताए ।

लुटेराहरूले सबिताले लगाएको सुनको फुली र ४० हजार नगद लुटेर लगेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार खजुरारोडबाट भित्री सडकमा पर्ने रुद्रपुरमा एकान्तमा रहेको घरमा लुटपाटकै उद्देश्यले सो समूह आएको अनुमान गरिएको छ ।

प्रकाशित मिति : २०८० फाल्गुन २४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *