काठमाडौं ,फागुन २२। नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको समर्थन फिर्ता लिएको छ।
सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको कार्यसम्पादन समितिको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो।
प्रधानमन्त्री प्रचण्डले गठबन्धन फेरेपछि कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएर संसद्मा पनि प्रतिपक्षमा बस्ने निर्णय गरेको हो।
कांग्रेसले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले अबको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता छ।
प्रकाशित मिति : २०८० फाल्गुन २२ गते मङ्गलवार