२०८१ असार ३ गते आइतवार

मुख्यमन्त्री र विपक्षीदलका नेता विच भेटवार्ता

सहकार्य गरेर जाने विषयमा छलफल



दाङ, फागुन २० । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरी र विपक्षी दलका तथा एमाले लुम्बिनी प्रदेश सभा संसदीय दलका नेता लिला गिरी, माओवादी केन्द्रका संसदीय दलका नेता जोखबहादुर महरा बीच भेटवार्ता भएको छ ।


छलफलमा सदनलाई सौहार्द बनाउने, समसामयिक राजनीतिक विषय, लुम्बिनीमा हुन लागेको शिखर सम्मेलन तथा संसदीय समितिको पूणर्ताका विषयमा छलफल भएको छ ।


छलफलमा संसदीय समितिहरुको आउदो बैठक अघिनै सभापतिको निर्वाचन गरि सक्ने सहमति भएको छ ।

त्यसै गरेर समृद्ध प्रदेश बनाउन सहमतिका साथ अघि बढ्ने कुरा भएको मुख्यमन्त्रीको निजी सचिवालयले जनाएको छ । भेटवार्ता मुख्यमन्त्री निवास प्रदेश प्रशासनीक परिसर राप्ती उपत्यकामा भएको थियो ।

प्रकाशित मिति : २०८० फाल्गुन २० गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *