काठमाडौं ,फागुन २० । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित २० जना सांसदको पदावधि आजदेखि सकिँदैछ।
गोलाप्रथाबाट ६ वर्ष कार्यकाल तय भएका २० जना सांसदको पदावधि आजबाट सकिन लागेको हो।
उनीहरूमध्ये १९ जना निर्वाचित हुन् भने विमला राई पौड्याल राष्ट्रपतिबाट मनोनीत भएकी थिइन्। पदावधि सकिन लागेका सांसदमा नेकपा (एमाले)बाट राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सहित नौ जना छन्।
त्यस्तै, राष्ट्रपतिबाट मनोनीत विमला राई पौड्यालको पनि पदावधि सकिन लागेको छ। पदावधि सकिनेमा एमालेका ९ जना, कांग्रेसका ४, माओवादी केन्द्रका ३, एकीकृत समाजवादीका २, जसपाको एक र स्वतन्त्र एक जना सांसद छन्।
प्रकाशित मिति : २०८० फाल्गुन २० गते आइतवार
