२०८१ मङ्सिर १८ गते मङ्गलवार

निजि विद्यालयसंगको प्रतिष्पर्धाकै कारण सामुदायिक विद्यालयहरुमा सुधार आउन थालेको छ : अध्यक्ष न्यौपाने


तुलसीपुर,फागुन १९ । नेशनल प्याब्सनका केन्द्रिय अध्यक्ष सुवास न्यौपानेले निजी विद्यालयकै कारण सामुदायिक विद्यालयमा शैक्षिक सुधार आउन थालेको बताएका छन ।

रिपोटर्स क्लब दाङले शुक्रवार तुलसीपुरमा गरेको सात्क्षात्कार कार्यक्रममा अध्यक्ष न्यौपानेले “निजि विद्यालय नभएको भए सामुदायिक विद्यालयको शिक्षामा सुधार नहुने बताएका हुन ।

‘यदि नीजि विद्यालय हुँदैनथ्यो भने सरकारले लगानी गरेको समुदायक विद्यालयको शिक्षा सुधार हुन सक्दैनथ्यो ।’ उनले भने-‘सामुदायिक विद्यालयको शिक्षामा सुधार ल्याउनका लागि नीजि विद्यालयको भूमिका महात्वपुर्ण रहेको छ ।’

रिपोटर्स क्लब दाङका अध्यक्ष शरद रेग्मीको अध्यक्षता भएको साक्षात्कारमा उनले नेपालमा कतिपय सामुदायिक विद्यालयमा शिक्षकको संख्या धेरै भएको तर विद्यार्थीको संख्या ज्यादै न्यून भएकोले सरकारलाई चुनौति थपिएको बताए ।

उहाँले निजी विद्यालयको विकास भएपछि शिक्षा क्षेत्र अगाडि बढ्ने बल्क्ज निज विद्यालयमात्रै राम्रो भएर हुदैन दुरदराजका सामुदायीक विद्यालय पनि त्यतिकै राम्रो हुनुपर्नेमा उनको जोड थियो ।

सामुदायिक विद्यालयमा १२ सम्मको नि ः शुल्क शिक्षा भने पनि विभिन्न बहानामा शुल्क लिएको पाइएको उनले बताए। उनले देशमा पुरानै शिक्षा प्रणाली हाबि हुँदा उलेख्य विकास र परिवर्तन हुन नसकेको बताए ।

निजी विद्यालयहरु बढ्दै गएपछि सरकारले कर तिर्नु पर्छ भनेर कंम्पनीमा लगेको र अहिले फेरि निजी गुठी र सार्वजनिक गुठीमा लैजान खोज्दा आफुहरु आन्दोलित हुनुपरेको उनको भनाई छ ।

कम्पनीमा रहेपछि लगानी सुरक्षित हुन्छ भनेर विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने अवस्थामा पुराएको उनले बताए ।

निजी विद्यालयलाई विश्वास गर्ने वातावरण तयार गरेपनि राज्यले निजि विद्यालयप्रतिको दृष्टीकोण सकारात्मक बनाउन नसकेकोमा दुखेसो व्यक्त गरे ।

सो अवसरमा नेश्नल प्याब्सन दाङका अध्यक्ष भोजराज न्यौपाने, केन्द्रिय सदस्यहरु प्रकाश शर्मा,भिमबहादुर बुढाथोकि लगायतकाले विश्व बजारमा प्रतिष्पर्धा गर्नसक्ने जनशक्ति उत्पादनमा निजि विद्यालयको भूमिका अहम् रहेको बताए ।

कार्यक्रमको सहजीकरण रिपोटर्स क्लब दाङका महासचिव बिमल गौतमले गरेका थिए ।

प्रकाशित मिति : २०८० फाल्गुन १९ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *