२०८१ मङ्सिर १७ गते सोमवार

जहाँ विद्यार्थीले आफ्ना लागि आँफै बनाउँछन डेक्स बेन्च

तुलसीपुर,फागुन १५ । आइतवार दिउँसो घडीमा ३ बज्दै थियो । तुलसीपुर–१५ की सनम परियार तुलसीपुर बहुप्राविधिक शिक्षालय परिसरमा मेसिनमा फलाम काट्नमै व्यस्त थिइन ।

उनी कुनै मिस्त्री वा कामदार भने होइनन् । उनी तुलसीपुर–१२ हरिपौरीमा रहेको तुलसीपुर बहुप्राविधिक शिक्षालयमा प्रिडिप्लोमा इन मेकानिकल इन्जिनियरिङ ५औं सेमेस्टरमा अध्यनरत विद्यार्थी हुन ।


पछिल्लो केही दिन यताको उनको दैनिकी कलेजका लागि आवश्यक डेक्स बेन्च बनाउने कार्यमा वित्ने गरेको छ । कक्षा–कोठामा पढेको ज्ञानलाई व्यवहारिक रुपमा अभ्यास गर्न पाउँदा उनी खुसी सुनिइन ।


‘कलेजमा चाहिने आवश्यक सामाग्रीहरु बाहिरबाट किनेर ल्याउँदा महंगो हुन्छ । हामी आफैले ती सामाग्रीहरु बनाउन सक्छौँ । त्यसैले विद्यार्थी साथीहरु यो कार्यमा जोडिएका हौं,’ उनले भनिन् ।’

सनमसगै उनका साथीहरु पनि समुह बनाएर खाली समयमा विद्यालयमा आवश्यक पर्ने ग्रिलका सामाग्रीहरु निर्माण गरि रहेका थिए । विद्यार्थीको यो कार्यमा विद्यालयले पनि सहयोग गरेको छ ।

तुलसीपुर बहुप्राविधिक शिक्षालयले विद्यार्थीलाई उत्पादन संग जोड्नका लागि विभिन्न औधोगिक प्रशिक्षार्थी कार्यक्रम संगै पढ्दै कमाउँदै कार्यक्रमलाई पनि निरन्तरता दिएको छ ।


सोही कार्यक्रम अन्तरर्गत विद्यार्थी विभिन्न क्रियाकलापमा जोडिएका छन । दैनिक रुपमा पढेको कुरालाई उद्यमशिलता संग जोड्न पाउँदा निकै खुसी लागेको र पढाईमापनि सहयोग पुगेको अर्की छात्रा विद्यार्थी अनिता वलीले बताइन ।


शिक्षालयले विद्यार्थीलाई उद्यमशिल बनाउनका लागि प्रयोगात्मक अभ्यासलाई अगाडी बढाएको प्रन्सिपल बशन्त आचार्यले बताए ।

प्रकाशित मिति : २०८० फाल्गुन १५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *