२०८१ बैशाख १० गते सोमवार

तुलसीपुरमा खुल्यो ‘हेल्थ घर’ह्वील चियर देखि नेवोलाइजरसम्म

तुलसीपुर, फागुन १० । कुनै वेला एउटा फर्निचर पशल रहेको तुलसीपुर उपमहानगरपालिका कार्यालयको लाइनमा एउटा फरक पशल खुलेको छ ।

एकान्त होटल कर्नरमा यस्तो पशल खुल्दा विहिवार दिनभर त्यहां चिकित्सक, स्वास्थ्यकर्मि, महिला तथा वालवालिका तथा युवायुवतीहरुको भिड देखियो । किनकि विहिवार विहानै सो पशलको उद्घाटन भएको थियो ।

‘हेल्थ घर’ जहा एउटै छानामुखि मानव श्वास्थ्यका सवै आधार सामाग्रिहरु राखिएका छन् । ज्येष्ठ नागरीकलाइ श्वासप्रश्वासमा समस्या भए लगाउने नेवोलाइजर देखि महिलाहरुलाइ मिन्स भएका वेला चाहिने सेफ्टिी प्याड सम्म राखिएका छन् हेल्थ घरमा ।

कुनैवेला तुलसीपुरमा हाम्रो पहुच सहकारी मार्फत रेडियो देखि पेट्रोल पम्प सम्मको कारोवार बढाउदै स्वास्थ्य क्षेत्रमा राप्ती लाइफ केयर शिक्षण अस्पताल समेत सन्चालन गरेका उनै हरी रिजालले तुलसीपुरमा पहिलोपटक यस्तो पशल सन्चालनमा ल्याएका हुन् ।

‘हाललाइ करीव पचास÷साठी लाखको लगानीमा यो हेल्थ घर सुरु गरेका छौं, पछि आवस्यकता अनुसार लगानी थप्दै जाने छौं’, आरजिएम प्रालिद्धारा सन्चालित हेल्थ घरका सन्चालक हरी रिजालले गोरक्षलाइ बताए ।

स्वास्थ्य क्षेत्रसंग आवस्यक संपुर्ण सामाग्रि सहित कस्मेटिक्स सामाग्रि समेत एकै छानामुनि ग्राहकलाइ उपलव्ध गराउन यो व्यवसायको सुरुवात भएको पनि सन्चालक रिजालले बताएका छन् ।

सो हेल्थ घरमा संपुर्ण एलोप्याथिक औषधिहरु, महिलाका कस्मेटिक्स सामाग्रिहरु, वालवालिकाका लागी आवस्यक नुहाउने सावुन देखि शरीरमा प्रयोग गर्ने पाउडर, ढाड कम्मर थुकेकालाइ कम्मर वेल्ट देखि संपुर्ण सर्जिकल सामानहरु उपलव्ध छन् ।

त्यसैगरी हरेक मानिसलाइ आवस्यक पर्ने फुड सप्लिमेन्ट देखि अशक्तहरुकालागी बैसाखी र ह्वील चियर समेत एउटै घरमा पाइने यो पशलले धेरै सेवाग्राहिलाइ एउटै छानामुनिबाट धेरै सुविधा दिने त्यहां भेटिएका चिकित्सक तथा स्त्रीरोग विशेषज्ञ डा विनोद सिहले बताए ।

‘यो टोटल हेल्थ शोलुशन पशल जस्तै हो भन्ने मलाइ लाग्छ’, डा सिहले भने ।

पशल छिर्नेवित्तिकै एउटा खण्डमा मम एण्ड वेवी केयर, अर्को कर्नरमा हेयर केयर, अर्को एउटा कुनामा स्कीन केयर तथा अग्र खण्डमा एलोप्याथिक औषधिहरु उपलव्ध छन् ।

श्वास्थ्य क्षेत्रमा आवस्यक सामाग्रिहरु एकै छानोमुनी उपलव्ध गराउने सायद दाङ जिल्लामै यो पहिलो संस्था भएको सन्चालकले बताएका छन् ।

प्रकाशित मिति : २०८० फाल्गुन १० गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *