
काठमान्डौं, जेठ १२ । काठमाडौँको विभिन्न स्थानमा भएको सिलिन्डर बम विस्फोटमा परि ३ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । सुकेधारामा भएको विस्फोटमा परेर २ जना र घट्टेकुलोमा भएको अर्कौ विस्फोटमा परि थप एकजनाको मृत्यु भएको छ । घट्टेकुलोको विष्फोटमा परेर लोकमञ्जरी कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
विष्फोटमा काभ्रे घर भएका कपन मिलनचोक बस्ने ४४ वर्षीय हरि खड्का र कपन चुनिखेल घर भएका सुरेन्द्र महर्जनको मृत्यु भएको हो । घटनामा ६ जना घाइते भएका छन् ।
महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता होविन्द्र बोगटीका अनुसार सुकेधारास्थित ढलाने पुल नजिकै सिलिन्डर बम विस्फोट भएको जानकारी दिए । बुढानिलकण्ठ नगरपालिका ४ स्थित एक सैलुनमा विस्फोट भएको प्रहरीले जानकारी दिएको छ ।
घाइते ५ जनाको ओम अस्पतालमा उपचार हुँदैछ भने अन्यको टिचिङ अस्पतालमा उपचार भइरहेको छ । घाइते मध्ये दुईको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ । दुर्घटना घाइते मध्य एकजना विप्लवका विद्यार्थी नेतापनि घाइते भएका छन् । सिलिन्डर बम विस्फोटमा परि घाइते भएका रविन केसी त्रिचन्द्र कलेज काठमान्डौंका विप्लव नेकपाका अध्यक्ष हुन । यसैबीच विस्फोट भएका दुबै घरमा नेपाली सेनाले घेरा हालेर अनुसन्धान थालेको छ । विप्लव नेतृत्वको नेकपाले जेठ १३ गते नेपाल वन्दको आह्वान गरेको छ ।