२०८१ बैशाख १० गते सोमवार

परोपकार पाठशालाले आफ्नो १४औँ वार्षिक उत्सव

घोराही,फागुन ७ । घोराही उपमहानगरपालिका ११ मा रहेको परोपकार पाठशालाले आफ्नो १४औँ वार्षिक उत्सव मनाएको छ ।

बिद्यालयमा आयोजित वार्षिक उत्सव समारोहमा बोल्ने बक्ताहरुले शिक्षक बिद्यार्थी र अभिभावकको त्रिकोणात्मक सम्वन्धबाट मात्रै वालवालिकालाई गुणस्तरीय शिक्षा प्रदान गर्न सकिने बताए ।

कार्यक्रममा प्रमूख अतिथी घोराही नगर शिक्षा महाशाखा प्रमूख विनोद गौतमले वालवालिकालाई केन्द्रविन्दुमा राखेर गुणस्तरीय शिक्षालाई पहिलो प्राथमिकतामा विद्यालयहरुले काम गर्नुपर्ने बताए ।

त्यस्तै विशिष्ट अतिथी नगरशिक्षा महाशाखा अधिकृत नारायण पौडेलले वालवालिकाहरुमा नैतिक शिक्षाको अभाव देखिएकाले विद्यालयहरुले नैतिक शिक्षा दिएर सामाजिक विकासमा जोड दिनुपर्ने बताए । कार्यक्रममा घोराही ११ का वडाध्यक्ष कुलबहादुर लामिछानेले वालवालिकाहरुलाई समाजमा बिक्ने र देशमा टिक्ने शिक्षा विद्यालयले दिनुपर्ने बताए ।

बिद्यालय व्यवस्थापन समितीका अध्यक्ष भोजराज न्यौपानेको सभापतित्वमा भएको कार्यक्रममा बिद्यालयको वार्षिक प्रगती बिवरण र भावि योजनाका बारेमा प्रधानाध्यापक नरेश आचार्यको प्रकाश पारेका थिए भने प्याव्सन दाङका निर्मल न्यौपाने एन प्याव्सनका हरी भण्डारी लगाएतले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।


कार्यक्रममा विद्यालयले वार्षिक उत्सवका अवसरमा आयोजना गरेका विभिन्न प्रतियोगितात्मक कार्यक्रममा प्रथम, द्धितीय र तृतीय हुने छात्र छात्रालाई प्रमाण पत्र तथा पुरस्कार प्रदा नगरिएको थियो भने वालवालिकाहरुले विभिन्न गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : २०८० फाल्गुन ७ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *