२०८३ बैशाख १५ गते मङ्गलवार

सार्वजनिक सौचालय निर्माण सुरु


घोराही, जेठ १० । घोराहीमा सार्वजनिक सौचालय निर्माण सुरू गरिएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १५ तुलसीपुर चोकमा शौचालय निर्माण सुरू गरिएको छ । शौचालयको १५ नम्बरका वडा अध्यक्ष रमेशकुमार पाण्डेयले शुक्रवार शिलन्यास गरेका हुन । घोराही नगरको १० लाख ९८ हजार ३ सय बजेटमा शौचालयको निर्माण गर्न सुरू गरिएको हो ।

विद्युत कार्यालयको पश्चिम तर्फको जग्गामा जानकी टोल क्षेत्रमा शौचालयको निर्माण गर्न लागिएको छ । घोराहीको व्यस्त चोक तुलसीपुर चोकमा शौचालय नहुँदा सरेवसाधारणलाई शौच गर्न समस्या छ । शौचालय निर्माण कार्य पुरा उक्त समस्या समाधन अपेक्ष गरिएको छ ।
जानकी टोलका अध्यक्ष रञ्जितत वलीको अध्यक्षता एवं वडा अध्यक्ष रमेशकुमार पाण्डेको प्रमुख आतिथ्यमा सिलन्यास कार्यक्रम भएको हो । असार मसान्तसम्ममा शौचालय निर्माणको काम सक्ने निर्माण उपभोक्ता समितिका अध्यक्ष टिकाबहादुर बस्नेतले बताए ।

प्रकाशित मिति : २०७६ जेष्ठ १० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *