२०८२ असार ५ गते शुक्रवार

यी पाँच मन्त्री, जो स्थापना दिवसमै अनुपस्थित रहे

दाङ, माघ २३ । आइतबार लुम्बिनी प्रदेश सरकारले आफ्नो स्थापना दिवस दाङको राप्ती उपत्यकामा तामझामका साथ मनायो । तर, सोही कार्यक्रममा यो प्रदेशका बहुमत पाँच मन्त्री भने अनुपस्थित थिए ।

गठबन्धन दल मध्यको नेकपा माओबादीबाट दाङको क्षेत्र नं. ३ (क) बाट निर्वाचित अर्थमन्त्री धनबहादुर मास्की कार्यक्रममा सहभागि नभई बबई गाउँपालिका – २ सितापुरमा झोलुंगे पुल सिलन्यास गर्न गएका थिए ।
४६ लाख बजेटबाट निर्माण गर्न थालिएको उक्त पुलले घुरिनडाँडा–ठुलचौर जोड्ने छ ।

त्यस्तै गठबन्धन दल भित्रकै नेपाली काँग्रेसबाट दाङको निर्वाचन क्षेत्र नं. २ (क) बाट निर्वाचित स्वास्थ्य मन्त्री राजु खनालपनि कार्यक्रममा अनुपस्थित थिए । स्रोतका अनुसार उनी आफ्नो स्थापना दिवस लत्याएर ‘समुदायमा काँग्रेस’ कार्यक्रमका लागि नेता विमलेन्द्र निधीको साथमा बर्दिया जिल्ला पुगेका थिए ।

प्यूठानबाट निर्वाचित काँग्रेसकै अर्का मन्त्री सरोज थापा (रोज राणा) पनि अनुपस्थित थिए । स्रोतका अनुसार उनी प्रदेश स्थापना दिवस लत्याउँदै काठमाडौंमा पार्टी सभापति शेरबहादुर देउवाका छोरामा सहभागि हुन पुगेका थिए । त्यस्तै रुपन्देहीबाट निर्वाचित जनमत पार्टीका नेता तथा सामाजिक बिकास मन्त्री चन्द्रकेश गुप्ता र नागरिक उन्मुक्ति पार्टीको तर्फबाट बर्दियाबाट निर्वाचित धर्मबहादुर चौधरीपनि कार्यक्रममा अुनपस्थित थिए ।


लुम्बिनी प्रदेश सरकार मुख्यमन्त्री डिल्लीबहादुर चौधरीसहित नौं जना छन् । सरकारका बहुमत सदस्य कार्यक्रममा अनुपस्थित हुनुलाई कतिपय सर्वसाधारण मन्त्रीहरुको गैर जिम्मेवारीपनका रुपमा अथ्र्याइ रहेका थिए ।
‘ आफ्नै प्रदेशको स्थापना दिवस भन्दा अन्य कामलाई महत्वदिने मन्त्रीहरुको ठूलो अनुशासनहिनता हो,’ कार्यक्रम पछि एक मन्त्रीले भनेका थिए ‘ यस्ता गैर जिम्मेवार मन्त्रीहरु सरकारमा सहभागि हुनु र नहुनुको अर्थ रहन्न ।’

सयौं सर्वसाधारण उल्लासका साथ स्थापना दिवसमा उपस्थित हुँदापनि सरकारका जिम्मेवार मन्त्रीहरु नै आफ्नै स्थापना दिवसमा अनुपस्थित नहुनु लज्जाको बिषय मान्न सकिने उनले बताएका थिए । मुख्यमन्त्री चौधरीले पनि बहुमत मन्त्रीहरु आफ्नै कार्यक्रममा अनुपस्थित भएको प्रति आश्चर्य ब्यक्त गरेका थिए ।

‘ उहाँहरु किन अनुपस्थित हुनु भयो मलाई केही जानकारी दिइएको छैन,’ उनले भने ‘ यसबारे पछि बुझ्ने काम हुने छ ।’

प्रकाशित मिति : २०८० माघ २३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *