
छवि पुरी,
दाङ, जेठ १० । जेलवाट छुटे लगतै दाङमा एकजना नेकपा विप्लवका नेताले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । विप्लवका जिल्ला कमिटी सदस्य तथा घोराही नगर इञ्चार्ज सहदेव थारु (विहानी)ले विहीवार घोराहीमा पत्रकार सम्मेलन गरि उक्त पार्टी परित्याग गरेको घोषणा गरेका हुन । उनले आफुलाई पार्टीको नीति, शिद्धान्त, विचार मन नपरेको कारण देखाउँदै पार्टी परित्याग गरेको घोषणा गरेका थिए ।
उनले अबदेखि कुनै पार्टीमा पनि नलागेर अब आम नागरिक सरह स्वतन्त्र जीवन यापन गर्न चाहेको पत्रकार सम्मेलनमा जानकारी पनि दिएका थिए । थारुलाई बैशाख १३ गते प्रहरीले सार्वजनिक अपराधको मुद्दा लगाउँदै गिरफ्तार गरेको थियो । तर उच्च अदालत तुलसीपुरबाट बन्दी प्रत्यक्षीकरणबाट उनी रिहा भएका थिए । थारु प्रहरीको उच्च निगरानीमा थिए ।
प्रकाशित मिति : २०७६ जेष्ठ १० गते शुक्रवार