२०८२ असार १ गते सोमवार

प्रेस युनियनले पत्रकारिता तालिम गर्ने


दाङ,१३ माघ । नेपाल प्रेस युनियन दाङ शाखाले पत्रकारिता तालिम सञ्चालन गर्ने भएको छ ।

नेपाल प्रेस युनियन दाङ शाखाको शनिवार घोराहीमा बसेको बैठकले यहि माघको १९ र २० गते बंगलाचुली गाउँपालिकामा आधारभुत तहको पत्रकारिता तालिम सञ्चालन गर्ने निर्णय गरेको हो । बैठकले तालिम संञ्चालनका लागि समन्वय गर्ने जिम्मा सचिव अमरक्षितिज भण्डारीलाई दिएको छ ।

बैठक नेपाल प्रेस युनियन दाङका कार्यवाहक अध्यक्ष किरण शाहको अध्यक्षतामा बसेको थियो । उपाध्यक्ष पार्वती बस्नेतको स्वागत मन्तव्यवाट सुरु भएको बैठकको सहजीकरण सचिव अमरक्षितिज भण्डारीले गरेका थिए ।

प्रकाशित मिति : २०८० माघ १३ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *