
बालाराम खड्का,
दाङ, जेठ ९ । नेपाली काँग्रेस लामो इतिहास बोकेको पार्टी भएको भन्दै यहाँका कार्यकता तथा नेताहरुले काँग्रेसले नै काँग्रेस हराउने खेल बन्द गर्नुपर्ने सुझाव दिएका छन् । नेपाली काँग्रेसको राष्ट्रिय जनजागरण अभियान अन्र्तगत तुलसीपुर–७ मा भएको कार्यक्रमका सहभागीहरुले सो सुझाव दिएका हुन् ।
‘काँग्रेसकै नेतृत्वमा विभिन्न परिवर्तनहरु भएका छन् , तर काँग्रेसहरु एक हुन नसक्दा अहिले यस्तो अवस्था आएकोछ , एकले अर्कोलाई हराउने प्रवृद्धिको अत्य हुनुपर्छ –काँग्रेसका पुराना नेता कृष्णकुमार गिरीले भने । उनले अव काँग्रेस एक हुनुको विकल्प नभएको सुझाव दिए । त्यस्तै अर्को वक्ता श्यामराज महतराले काँग्रेसले युवाहरुलाई नसमेटदा तथा जनतालाई आफुहरुले गरेका कामहरु देखाउन नसक्दा हारेको भन्दै अव जनमुखि काम गरेर देखाउन सुझाव दिए ।

त्यस्तै स्थानीय देवबहादुर गन्धर्वले अन्य पार्टी भन्दा काँग्रेसको विवाचर राम्रो लागेकाले आफुले काँग्रेसमा प्रवेश गरेको बताए । त्यस्तै अन्य बक्ताहरुले काँग्रेस केन्द्र देखि मिल्यो भने स्थानीय स्तरमा पनि त्यसको प्रभाव पर्ने सुझाव दिएका थिए । सहभागीले काँग्रेसको ६० ÷४० भन्दा पनि एक ढिक्का केन्द्रमा हुनेहो भने तल्नो स्तरका कार्यकर्ताहरु पनि एक हुने भन्दै केन्द्रिय नेतृत्वलाई सुधरीन सुझाव दिए ।
कार्यक्रममा महिला संघ क्षेत्र नं. ४ की अध्यक्ष चित्रा गिरीले काँग्रेसनै काँग्रेसलाई भोट नदिई हराउन लागेकाले स्थानीय निर्वाचनमा हारव्यहोनुपरेको भन्दै अव सचियर जानुपर्ने बताइन् ।
पूर्व एमाले र माओवादीका ४० जना काँग्रेसमा प्रवेश
नेपाली काँग्रेस दाङका सभापति कीर्तिबहादुर खड्काको अध्यक्षता तथा केन्द्रिय सदस्य मोहनबहादुर वस्नेतको अध्यक्षतामा भएको जनजागरण अभियानमा तुलसीपुर –४ को गणेश टोलसहित करिव ४० जनाले पूर्व एमाले तथा अन्य पार्टी परित्याग गरेर काँग्रेसमा प्रवेश गरेका थिए । उनीहरुलाई केन्द्रिय सदस्य बस्नेत र पार्टी सभापतिले टिकालगायत प्रवेश गराएका थिए ।

नवप्रवेसीहरुले काँग्रेसको विचार र सिद्धान्त राम्रो भएको भन्दै काँग्रेसमा प्रवेश गरेको बताएका थिए । कार्यक्रममा प्रमुख अतिथि मोहनबहादुर बस्नेतले राष्ट्रिय जनजागरण अभियानले काँग्रेसलाई एक बनाउने बताए । उनले चुडीएको मनलाई अभियानले जोडर्ने भन्दै अव एक हुनुको विकल्प नभएको बताए । उनले अहिले कुराहरुलाई भुल्दै अव काँग्रेस माझियर अगाडी बढनुपर्ने बताए । त्यसैगरी पार्टी सभापति खड्काले काँग्रेसलाई बलियो बनाउन सवै लाग्नुपर्ने बताए । उनले कार्यकर्ताहरु एक भयर संगठन निर्माणमा लाग्न समेत निर्देशन दिए । कार्यक्रममा सहभागीहरुले काँग्रेसले नै काँग्रेसलाई हराउदा देशमा तानाशाहि हावी भएको भन्दै अव तानाशाहिको विरुद्ध एक भयर अगाढी पढनुपर्ने बताए ।

कार्यक्रममा कृष्णकुमार गिरी, तनोवज वली, खेमराज महतरा, प्रेम केसी, जगतबहादुर थापा, चित्रा गिरी, शारदा सुनार, लेखराज कार्की, रामबहादुर जिसी, कमला विक, गोपाल गन्धर्वलगायतले सुझाव दिएका थिए । काँग्रेसका नेता महादेव शाहले विषय प्रवेश गराको कार्यक्रममा क्षेत्र नं. ४ का सभापति जगतबहादुर खड्का स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमको सहजिकरण सचिव टेकबहादुर वलीले गरेका थिए ।