दाङ, माघ ११ । राष्ट्रियसभा निर्वाचनमा लुम्बिनी प्रदेशमा सत्ता गठबन्धनका उम्मेदवारी बिजयी भएका छन । सत्ता गठबन्धनबाट लुम्बिनी प्रदेशमा उम्मेदवार बनेका नेपाली कांग्रेसबाट उम्मेदवार बनेकी बिष्णुदेवी सापकोटा र नेकपा माओवादीका झक्कुप्रसाद सुवेदी बिजयी भएका हुन । सापकोटा महिला कोटाबाट र सुवेदी अन्यतर्फ र बिजयी भएका हुन ।
निकटतम प्रतिष्पर्धी नेकपा एमालेका उम्मेदवार झपेन्द्रबहादुर घर्ती क्षेत्री र तुलसा केसी पराजित भएका छन् ।
निर्वाचनमा माओबादीका सुवेदीले ५४३५ र काँग्रेसकी सापकोटाले ५४३५ मतभार प्राप्त गर्दै बिजयी भएको निर्वाचन अधिकृत कुलप्रसाद पाण्डेले जानकारी दिए ।
पाण्डेका अनुसार नेकपा एमालेका उम्मेदवारी तुलसा केसीले २८६७ मतभार र झपेन्द्र घर्ती क्षेत्रीले ३०३९ मतभार प्राप्त गरेका थिए ।
त्यस्तै महिला कोटामा राप्रपाबाट उम्मेदवार विजयालक्ष्मी सिंह २५० र अन्य कोटामा जनमत पार्टीका बालगोविन्द चौधरीले २५० मतभार प्राप्त गरेका छन् । विहीवार विहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म भएको निर्वाचनमा प्रदेशसभातर्फ ८७ र स्थानीय तहतर्फ भएको ३ सय ५ मतमध्ये ३ सय ३ मत खसेको थियो ।
लुम्बिनीमा रिक्त हुने दुई सदस्य चुन्न घोराही उपमहानगरपालिका – १५ स्थित कर्मचारी मिलन केन्द्रको प्राङगणमा मतदान भएको थियो ।
लुम्बिनी प्रदेशका १२ जिल्लामा गरि कुल एक सय नौं स्थानीय तहका दुई सय १८ जना प्रमुख तथा उपप्रमुख र ८७ जना प्रदेशसभा सदस्यसमेत गरि कुल तीन सय पाँच जना मतदाता थिए । स्थानीय तहका दुई जना मतदानमा अनुपस्थित रहे ।
सुरुमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पहिलो मतदान गरेका थिए । निर्वाचन अधिकृत कुलप्रसाद पाण्डेले मतदानमा सहजताका लागि दुईवटा मतदान केन्द्रको व्यवस्था गरिएको थियो ।
मतदान केन्द्र (क) मा प्रदेश सभा सदस्य र मतदान केन्द्र (ख) मा स्थानीय तहका प्रमुख÷उपप्रमुखले मतदान गर्ने व्यवस्था मिलाइएको थियो । अन्य तर्फ एक जना र महिला तर्फ एक जना गरि दुई सिटका लागि ६ जना उम्मेद्वार चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए ।