काठमाडौं, माघ ८ । यो बर्षको माध्यमिक शिक्षा परीक्षा ९एसइई० चैत १५ गतेदेखि हुने भएको छ ।
राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले सोमबार चैत १५ गतेदेखि कक्षा १० को नियमित र ग्रेडवृद्धि परीक्षा गराउने निर्णय सार्वजनिक गरेको हो ।
चैत १५ गतेदेखि सुरु हुने परीक्षा चैत २७ गतेसम्म सञ्चालन हुनेछ। यो बर्ष एसइई परीक्षामा कुल चार लाख ८९ हजार बिद्यार्थीले परीक्षा दिने पाउने गरि आवेदन दिएका छन् ।
चैत १५ गतेदेखि सुरु हुने परीक्षाको पहिलो दिन अनिवार्य अंग्रेजी, दोस्रो दिन नेपाली, चौथो दिन गणित र छैटौं दिन विज्ञान विषयको परीक्षा हुने भएको छ ।
एसइईमा यो वर्षदेखि नयाँ ग्रेडिङ प्रणाली लागु गरिने भएको छ । जस अन्तरगत सैद्धान्तिकतर्फ कम्तीमा ३५ प्रतिशत अंक ल्याउने विद्यार्थी नन्ग्रेडिङ ९एनजी० अन्तरगत पर्ने छन् ।
तर, परीक्षामा दुई विषयसम्म एनजी आउने विद्यार्थीले ग्रेडिवृद्धि परीक्षा दिन पाउने सुविधा प्राप्त गर्ने छन् ।
