२०७७ कार्तिक ८ गते शनिवार

सामाजिक दायित्व निर्वाहमा जुटेको क्लव


श्रीराम दहित,
अमिलिया,जेठ ९ । लमहीको अमिलिया युवा क्लबले शिवालय मन्दिर तथा परिसरमा रहेको गायत्री यज्ञशालाको सरसफाइ गरेको छ । क्लबले समाजमा सकारात्मक परिवर्तनका लागि यस किसिमका कार्य गर्दै जाने उद्देश्य अनुसार स्थापनाको अवसरमा सहसचिव दिपेन्द्र वलीले बताए ।

त्यस्तै सैगरी सिद्देश्वरी महादेव माध्यमिक विद्यालयमा हुन थालेको श्रीमद्भागवत ज्ञान महायज्ञको लागि कलश यात्रा तथा झाँकीमा सहभागी भक्तजन हरुलाई पिउने पानीको व्यवस्था पनि क्लवले गरेको छ । समय र जनशक्तिको सदुपयोग गरे समाजमा सकारात्मक सन्देश जाने हुँदा क्लवले सामाजिक कार्य गर्दै आएको क्लबका सचिव कृष्णकुमार थापाले जानकारी दिए । समाजमा भैपरी आउने प्रकोप व्यवस्थापनमा युवा जनशक्ति खाँचो परे क्लब जतिबेला पनि त्यसका लागि तयार रहेको बताए अध्यक्ष यमबहादुर वलीले बताए ।

मनोरम राप्ती सोनारी र बाँके जिल्ला कै प्रवेश द्वार बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा अवस्थित यस विद्यालयको विविध कारणले शैक्षिक तथा भौतिक रूपमा अपेक्षित उपलब्धि हासिल गर्न हुने थालेको धार्मिक कार्यले गर्दा स्थानीय खुसी भएका छन् । विद्यालयका प्रधानाध्यापक रुद्रबहादुर वलीले दुरदराजमा रहेको विद्यालयमा प्राविधिक तथा व्यवासायिक शिक्षा संचालन गर्ने उद्देश्यले धार्मिक महोत्सवको आयोजन गरिएको जानकारी दिए ।

श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको प्रमुख वाचक रामचन्द्र तिमल्सिना तथा उपवाचक हरिचन्द्र तिमल्सिना रहने छन् भने धार्मिक महोत्सवको नित्य पूजा पाठ पारायण भिमार्जुन देवकोटाले गर्ने भएका छन् । कार्यक्रमका अध्यक्ष घनश्याम बस्नेतले विद्यालयले आयोजना गरेको कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै विद्यालयको स्तर उन्नतीको लागि आयोजना गरिएको महायज्ञ सफल पार्न आग्रह गरे ।

त्यसअघि विद्यालयको प्राङ्गणदेखि लमही ९ चाँदनीचोक गायत्री यज्ञशाला सम्म कलश यात्रा तथा झाँकीसहित परिक्रमा गरिएको थियो । नित्य मण्डप पूजा ,पाठ पारायण,किर्तन हुने कार्यक्रममा १५ गते लाखबत्ति प्रज्वलन,जेठ १६ गते राप्ती नदीमा महास्नान गरि समापन हुने राप्ती सोनारी १ का वडा सदस्य टीकाराम बस्नेतले जानकारी दिए ।

 

प्रकाशित मिति : २०७६ जेष्ठ ९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *