२०८२ असार १ गते सोमवार

नेपाल विदेशी शक्तिको क्रिडा स्थल बन्यो – एमाले महासचिव पोखरेल

दाङ, पुस २९ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारका कारण नेपाल विदेशी शक्तिको क्रिडा स्थल बनेको टिप्पणी गरेका छन् ।

सरकारको लाचारीपनका कारण देश विदेशी शक्ति राष्ट्रको क्रिडास्थल बनेको उनले बताए ।
प्रेस चौतारी नेपाल दाङले आइतबार तुलसीपुरमा गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले सरकारको लाचारी पनका कारण नेपाली जनताको स्वाभिमानमा आँच आएको दाबी गरे ।

भारत र चीन विरूद्व खेल्न अमेरिकाले नेपाली भूमी प्रयोग गरेको दाबी गर्दै सत्ता टिकाउने नाममा सरकार अमेरिका सामु नतमस्तक बनेको महासचिव पोखरेलको दाबी थियो ।

त्यस्तै उनले भारत र चीनलाई कहिलै मिल्न नदिने अभियानमा अमेरिका रहेको पनि दोषारोपन गरे । त्यसका लागि नेपाली भूमी प्रयोग भइ रहेको भन्दै महासचिव पोखरेलले सरकारले छिमेकी राष्ट्र विरूद्व आँफु प्रयोग हुनबाट जोगिन चासो नदिएको आरोप लगाए ।

प्रकाशित मिति : २०८० पुष २९ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *