२०८० फाल्गुन १२ गते शनिवार

यी हुन काँग्रेसका दश उम्मेदवार

लुम्बिनीमा बिष्णुकुमारी सापकोटा

दाङ, माघ २३ । नेपाली कांग्रेसले राष्ट्रिय सभाका दश जना उम्मेदवार उम्मेदवार चयन गरेको छ।

सोमबार बिहान काँग्रेसले आफ्नो तर्फबाट दश जना उम्मेदवारको टुँगो लगाएको हो ।

लुम्बिनी प्रदेशमा विष्णुकुमारी सापकोटालाई उम्मेदवार बनाइएको छ । उनी संस्थापनइतर पक्षकी हुन ।

त्यस्तै कर्णालीमा कृष्णबहादुर रोकाया उम्मेदवार बनाइएका छन् । संस्थापन पक्षधर उनी कर्णाली कांग्रेस महामन्त्री हुन ।
त्यस्तै सुदूरपश्चिममा नारायणदत्त भट्ट र बलदेव बोहरालाई उम्मेदवार बनाइएको छ । भट्ट कांग्रेस कैलाली सभापति हुन भने बोहरा कांग्रेस कञ्चनपुरका पूर्वसभापति हुन । यी दुवै संस्थापन पक्षधर हुन ।

मधेसमा संस्थापन पक्षधर आनन्द ढुंगाना उम्मेदवार बनाइएका छन । उनी केन्द्रीय सदस्य तथा अनुशासन समिति संयोजक हुन ।

बागमतीमा विष्णुदेवी पुडासैनी र जितजंग बस्नेतलाई उम्मेदवार बनाइएको छ । पुडासैनी नेपाल महिला संघ काठमाडौंकी अध्यक्ष हुन भने बस्नेत कांग्रेस केन्द्रीय सदस्य तथा नेपाल तरूण दलका पूर्वअध्यक्ष हुन । बस्नेत संस्थापन र
पुडासैनी संस्थापनइतर हुन ।

गण्डकीमा किरणबाबु श्रेष्ठ र तनहुँका पदमबहादुर परियार उम्मेदवार बाइएका छन् । गोरखाका श्रेष्ठ गण्डकी कांग्रेस महामन्त्री हुन । श्रेष्ठ संस्थापनइतर पक्षका हुन भने परियार संस्थापन पक्षधर हुन ।

त्यस्तै कोशी प्रदेशमा कृष्णप्रसाद सिटौलालाई उम्मेदवार बनाउने आइतबार नै सहमति भइ सकेको थियो । कांग्रेसले सिटौलालाई राष्ट्रिय सभा अध्यक्ष बनाउने गरी चुनावी मैदानमा उतारेको छ।
पूर्वमहामन्त्री रहेका सिटौला दुई पटक प्रतिनिधि सभा सदस्य निर्वाचनमा पराजित भएका पात्र हुन ।

सभापति शेरबहादुर देउवासहित शीर्ष नेता उम्मेदवार छान्न रातभर सानेपास्थित केन्द्रीय कार्यालय बसेका थिए।

नेता शेखर कोइरालासहित संस्थापनइतर पक्षले १० मध्ये चार सिटको अडान राखेका थिए । माघ ११ मा हुने चुनावका लागि सोमबार उम्मेदवारी दर्ताको समय तोकिएको छ ।
कांग्रेसले सत्ता गठबन्धनसँग मिलेर साझा उम्मेदवार चयन गरेका छन् ।

१९ सिटमध्ये कांग्रेसले १०, माओवादी केन्द्रले ६, एकीकृत समाजवादीले २ र जसपाले १ सिट भागबन्डा गरेर उम्मेदवारी दिने सहमति कायम भएको थियो ।

प्रकाशित मिति : २०८० पुष २३ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *