२०७७ कार्तिक ४ गते मङ्गलवार

यातायात समितिहरु अब केही दिनमै भंग हुँदै


दाङ, जेठ ८ । नेपालमा लामो समयदेखि अस्तित्वमा रहँदै आएका यातायात समितिहरु अबको केही दिनमै भंग हुने भएका छन् । राज्यको नीति अनुरुप समितिहरु प्राली अर्थात कम्पनिमा दर्ता हुन थालेको हुँदा अब यातायात समितिहरु नरहने भएका हुन ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले देशभरका सम्पूर्ण समितिहरुलाई जेठ १० गतेभित्र कम्पनीमा दर्ता भइसक्न समय सीमा निर्धारण गरिसकेको छ । सरकारले भने जेठ १८ गतेसम्म समितिहरुलाई कम्पनीमा दर्ता हुने अन्तिम डेट लाईन तोकेको छ । नेपालमा यातायात समितिहरुको मात्रै झन्डै ४ खर्व लगानी रहेको छ । उनीहरु संग हजारौं सवारी साधन र चल अचल सम्पत्ति छ । त्यस्तै बैंकहरुमा पनि करोडौं नगद मौजाद छ ।

दाङको तुलसीपुरस्थित राप्ती सार्वजनिक बस व्यवसायी समिति संग मात्रै ५ सय वढी बसहरु रहेका छन् । समितिहरु भंग हुने र कम्पनीमा दर्ता हुने भएपनि समितिको नगद तथा चल अचल सम्पत्ति भने उनीहरुकै हुने गरि भद्र सहमति भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बताए । उनले आफुहरु संग रहेका कर्मचारीको खटन पटन पनि आँफैले गर्न पाउने गरि सहमति भएको हुँदा कुनैपनि कर्मचारीलाई नआत्तिन तथा धैर्यता गर्न आग्रह गरेका छन् । तर राज्यले भने यसभन्दा अगाडि सबै समितिहरु कम्पनीमा आएपछि उनीहरुले उपभोग गर्दै आएको सम्पूर्ण नगद तथा चल अचल सम्पत्ति पनि राष्ट्रियकरण हुने बताउँदै आएको थियो ।

यातायात क्षेत्रको सिन्डिकेट तोड्ने भन्दै नेकपा नेतृत्वको सरकार निर्माण भए लगतै समितिहरु भंग गेरर कम्पनी निर्माण गर्न राज्यले ताकेता गर्दैै आएको थियो । समितिहरुले आन्दोलन चर्काउन थालेपछि र चर्काउने आशंकामा यसअघि पटक÷ पटक समिति हटाउने निर्णय राज्यले सार्दै आएको थियो । समिति नरहेपछि नयाँ र सुविधा सम्पन्न सवारी साधन भित्रने तथा यात्रुले त्यसवाट लाभ लिने अपेक्षा राज्यको छ ।

सिन्डिकेटको अन्त्य भएपछि प्रतिपर्धामा सवारी साधन संचालनमा आउने हुँदा त्यस्तो अपेक्षा गरिएको छ । तर समिति संचालन गर्दै आएका कतिपय पदाधिकारीहरु भने आलोपालो प्रर्णालीलाई सिन्डिकेट भन्नु र ठान्नु गलत भएको धारणा राख्छन् । यस्तो मत राख्नेहरु अब आलोपालो नगरी सवारी साधनहरु एकै पटक सडकमा आएमा नेपालका सडकले थेग्न नसक्ने, जाम हुने तथा त्यसले दुर्घटना बढ्ने चिन्ता जाहेर गर्छन । त्यस्तै समितिले दुर्घटना पछि घाइतेको जतिपनि उपचार खर्च व्यहोर्दै आएको भएपनि अब कम्पनीले त्यो खर्च निश्चित दायरामा मात्रै व्यहोर्ने हुँदा विरामीको अवस्था के हुने हो ? भन्ने चिन्तापनि उत्पन्न हुने एकजना राप्ती समितिका पदाधिकारीले बताए ।

 

प्रकाशित मिति : २०७६ जेष्ठ ८ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *