दाङ,पुस २२। निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन ) दाङले ३३ ओैँ स्थापना दिवसका अवसरमा सहायक प्रधानाध्यापक र काेअर्डिनेटरलाई नेतृत्व विकाससम्बन्धी प्रशिक्षण दिएकाे छ ।
दाङकाे घाेराहीमा एक कार्यक्रमकाे आयोजना गरी प्याब्सन दाङले सहायक प्रधानाध्यापक र काेअर्डिनेटरहरूका लागि नेतृत्व विकाससम्बन्धी प्रशिक्षण दिएकाे हाे ।
कार्यक्रममा प्याब्सन केन्द्रीय सचिव तथा शैक्षिक अभियन्ता यादव गिरीले तपाईंले नेतृत्व गरेकाे बाटाेकाे पुन: कल्पना ´ , कमल सिलवालले
सञ्चारकाे शक्ति´ डिआर भण्डारीले नेतृत्व´ र निमानन्द गैरेले
शैक्षिक सुधारमा सहायक प्रधानाध्यापककाे भूमिका´ विषयमा प्रशिक्षण दिएका थिए ।
प्याब्सन दाङका अध्यक्ष मधुसुदन केसीकाे अध्यक्षता तथा केन्द्रीय सचिव यादव गिरीकाे प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमकाे सहजीकरण प्याब्सन दाङका उपाध्यक्ष एवम् तालिम संयाेजक राजु यादवले गरेका थिए ।