२०७७ कार्तिक ९ गते आइतवार

खैराे ब्राउन सुगर सहित एक जना प्रहरीकाे फन्दामा


शिवु खनाल,
देउखुरी, जेठ ७ । वडा प्रहरी कार्यालय लमहीले ७ ग्राम ४० मिलिग्राम ब्राउन सुगर सहित लमही बाट एक जनालाई पक्राउ गरेको छ। दाङकाे लमही नगरपालिका वडा नम्बर ५ राताेडाडा निवासी ३० बर्षिय चुर्णसिंह ठकुरीलाई वडा प्रहरी कार्यालय लमहीको टोलीले गएराती एघार बजेकाे समयमा अर्जुनखोलाबाट पक्राउ गरेको वडा प्रहरी कार्यालयका प्रमुख अरुणकुमार सिंहले जानकारी दिए ।

नेपालगन्ज बाट ब्राउन सुगर ल्याएर आउँदै गरेको सूचनाको आधारमा ठकुरी पक्राउ परेको प्रहरी प्रमुख सिंहले जानकारी दिए । मंगलबार अदालत बाट अनुसन्धानको लागि पाँच दिनको म्याद थप गरिएको छ।

 

प्रकाशित मिति : २०७६ जेष्ठ ७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *