२०७७ कार्तिक ३ गते सोमवार

बढ्दो भ्रष्टचार घटाउन सके कम्युनिष्ट सरकार सफल हुन्छ – युवराज ज्ञवाली


शरद रेग्मी,
दाङ जेठ ७ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य युवराज ज्ञवालीले मुलुकमा भ्रष्टाचार बढ्दै गएको भन्दै यो घटाउन सफल भएमा कम्युनिष्ट पार्टी सफल बन्ने बताएका छन् । मंगलवार रिपोटर्स क्लवले तुलसीपुरमा आयोजित पत्रकार सम्मेलमा ज्ञवालीले नेतृत्वले त्यो कुरालाई बुझेर बढ्न आग्रह गरेका छन् । ‘हिजोको सत्तामा पुलिसले डण्डा दिन्थ्यो’ उनले भने‘ तर आजको अबस्थामा घरमै ब्रिफकेस ल्याएर आउने अबस्था छ, यसबाट कम्युनिष्टको सत्ता कत्तिको जोगिन सक्छ, त्यसमा भरपर्छ ।’ भ्रष्टाचार बिगतदेखि हुँदै आएको भएपनि त्यो अहिले पनि घट्न नसक्नु दुःख पक्ष भएको ज्ञवालीले बताए । चुनाबको समयमा कम्युनिष्ट पार्टीले बनाएको घोषणा पत्रलाई आत्मसात् गर्दै अघि बढेमा मलुक समृद्ध बन्ने बताएका उनले जनप्रतिनिधिले त्यो भुल्न नहुने धारणा राखे ।

नेता ज्ञवालीले अहिले अर्थतन्त्रमा दलाल पुँजीपतिको हात रहेको तर्क गरे । सत्तामा कम्युनिष्ट पार्टी भएपनि त्यही भएर ठूलो अन्तरबिरोध रहेको उनले बताए । अहिले स्थानीय तहका प्रमुखहरुलाई हरेक बिकास निर्माणमा आफ्ना डोजर प्रयोग गरेको भन्ने जनताले गुनासो गर्न थालेको भन्दै यो कार्य तत्काल सच्चाउनु पर्ने ज्ञवालीले बताए । हाल जनताले सरकारको विरोध गर्ने गरेको र जनप्रतिनिधिले जनतालाई मुर्ख भनिरहेको भन्दै जनप्रतिनिधिले यस्तो भन्नु गलत रहेको ज्ञवालीको कथन थियो । ‘जनता कहिल्यै पनि मुर्ख हुदैनन्’ उनले भने‘ जनतालाई मुर्ख भन्ने जनप्रतिनिधि,झनै मुर्ख हुन् ।’

अहिले कम्युनिष्ट पार्टीको सरकारमा चुनौती र अबसर दुबै रहेको भन्दै यो अबसरलाई प्रयोग गर्न सके १० बर्षमा नेपाल कायापलट बन्ने समेत उनको भनाईथियो ।

फरक प्रशंगमा अब
नेपालले नाकाबन्दीको मार खेप्नु पर्ने अबस्था नआउने पूर्व मन्त्री समेत रहेका ज्ञवालीले बताए । चीनलगायत अन्य देशमा ब्यापारिक सम्झौता भएकाले अब नेपालले कुनै पनि देशको नाकाबन्दी खेप्नु पर्ने अबस्था नआउने उनको तर्क थियो । ‘बिगतमा नेपालले नाकाबन्दीको मार खेप्नु पर्ने अबस्था थियो, तर बर्तमान सरकारले ऐतिहासिक काम गरेको छ’ उनले भने‘ अब चीनलगायत अन्य देशहरुसंग पनि ब्यापार सम्झौता भएको छ।’

कार्यक्रममा मिडिया काउन्सिल बिद्येयकमा पार्टीमा छलफल नभएको समेत उनले बताए । नेता ज्ञवालीले सरकारले १० वटा राम्रा काम गरेपनि एउटा नराम्रो कामले असफल बनाउने भन्दै यसतर्फ जनप्रतिनिधि सजक बन्नुपर्ने बताए । ‘हाम्रो शरिर स्वस्थ छ भनेर ढुक्क रहने अबस्था हुँदैन, हाम्रो शरिर स्वस्थ्य भएपनि एउटा प्रेसरले हामीलाई ढालिदिन्छ’ उनले भने‘ राजनीतिमा पनि यो लागुहुन्छ, त्यसलै हामीले १० वटा काम गरेपनि हामीले एउटा नराम्रो काम गर्यौं भने हामीले गरेका १० वटा राम्रा काम जनताले देख्दैनन् जनताले देख्ने भनेको एउटा नराम्रो काम हो, यसमा जनप्रतिनिधिले सजगक हुनुपर्छ।’

 

प्रकाशित मिति : २०७६ जेष्ठ ७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *