तुलसीपुर, पुस १६ । बसको ठक्करबाट जनकल्यान मावि दुधरासमा कक्षा ३ मा अध्यनरत ८ वर्षीय सागर चौधरीको घटना स्थलमै मृत्यु भएको थियो ।
तुलसीपुरबाट घोराही तर्फ जादै गरेको भे १ ख ३६९७ नम्वरको बसले बिद्यालय बिदापछि घर तर्फ जाँदै गरेका बालकलाई तुलसीपुर उपमहानगरपालिका – १८ दुधरासमा बसले ठक्कर दिएको थियो ।
बालकको शब पोष्ट मार्टमको लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा ल्याइएको छ ।
तुलसीुपर–घोराही सडक खण्ड बन्द छ । सडक खण्ड खुलाउन प्रयास भइ रहेको प्रहरीले जनाएको छ ।
दुर्घटना पछि दुधरास क्षेत्र तनाबग्रस्त बनेको छ । एक प्रहरी अधिकारीका अनुसार त्यहाँ झन्डै एक सय बढी प्रहरी परिचानल गरिएको छ ।
प्रकाशित मिति : २०८० पुष १६ गते सोमवार