२०७७ कार्तिक ९ गते आइतवार

उपचार पछि बालकको मृत्यु,मेडिकल संचालक पक्राउ


दाङ,जेठ,७ । उपचार पछि बालकको मृत्यु भएपछि देउखुरीमा मेडिकल संचालन गर्दै आएका एकजनालाई प्रहरीले पक्राउ गरेको छ । अर्घखाँची घर भइ दाङस्थित मामाको घरमा आएको समयमा विरामी भएका १८ महिने सुशान्त कुमालको मृत्यु भएपछि जिल्लाको राप्ती गाउँपालिका वडा नं. ५ सिसहनियामा मेडिकल संचालन गर्दै आएका चेतराम चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । संभावित घटना हुन नपावस भनेर शान्ति सुरक्षाको लागि मेडिकल संचालक चौधरीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक विनोद विक्रम शाहले जानकारी दिए ।

अर्घाखाँची जिल्लाको सितगंगा नगरपालिका वडा नं.८ सातमारा निवासी हरिवहादुर कुमालको १८ महिनाका छोरा सुशान्त दाङको गढवा गाउँपालिका वडा नं. १ जेठानगाँउस्थित मामाको घरमा आएको समयमा सोमवार विहान विरामी परेपछि चौधरीको जेठानगाँउस्थित मेडिकलमा उपचारका लागि लगेका थिए । चौधरीले सुशान्तलाई सोमवार विहान साढे ७ बजे सुई लगाइ दिए लगतै बालक बेहोस भएका थिए । प्रहरीका अनुसार मेडिकल संचालक चौधरीले ती सिशुलाई Cefantal o.25 gm and Dexona o.2 mgfuw, मिक्स गरि सुई लगाइ दिएका थिए ।

त्यसपछि बालकलाई थप उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पु¥याइएको थियो । उक्त अस्पतालका चिकित्सकले बालकलाई त्यहाँ पु¥याए लगतै सवा १२ बजेतिर मृत घोषणा गरि दिएका थिए । सिशुको शव भने पोष्ट मार्टमका लागि लमहीस्थित अस्पतालमा राखिएको छ ।

 

प्रकाशित मिति : २०७६ जेष्ठ ७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *