२०८२ असार ४ गते बिहिवार

नाका क्षेत्रमा बाटोसंगै खानेपानी,विद्युत र सञ्चारको पहुँच पहिलो प्रथामिक्तामा ः अर्थमन्त्री मास्की

आलोक भावुक,गढवा, पुस १३ । लुम्बिनी प्रदेश सरकारका अर्थमन्त्री धन बहादुर मास्कीले नाका क्षेत्रमा बाटोसंगै खानेपानी, विद्युत र सञ्चारको पहुँचलाई आफुले पहिलो प्राथमिकतामा राखेको बताएका छन ।

बिहिबार अर्थ मन्त्री मास्की सहितको टोलीले खंग्रानाका हुदै भैंसाही नाका सम्मको सिमावर्ती क्षेत्रको अनुगमन तथा स्थानीयहरु संग भेटघाट गर्ने कार्यक्रम सम्पन्न गरेको छ।

खंग्रानाकामा रहेका सिमा स्तम्भ, सरकारी संरचना र जनताको अति आवश्यक समस्याहरुको पहिचान गर्न सिमानाका क्षेत्रमा गई जनतासंग छलफल तथा विचार विमर्श गरिएको हो।खंग्रानाकामा भएको कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका अर्थ मन्त्री धन बहादुर मास्कीले गाउंगाउंमा सिंहदरबार को मतलव गांउ गांउमा बिकाश हुनु हो भएको बताए ।

लुम्बिनी प्रदेश सरकारको मन्त्रालय देउखुरीमा हुनुमा गौरव गर्नू पर्ने बताए । नाकाक्षेत्रको बिकाश प्रदेश सरकारको पहिलो प्रथामिक्तामा रहेको बताए ।

नाका क्षेत्रमा बाटो पुर्याउने पहिलो लक्ष्य अनुसार आम गर्ने बताए । बाटो संगै खानेपानी, बिद्युत र सञ्चारको पहुँच पहिलो प्रथामिक्तामा राखेको बताए । सिमावर्ती क्षेत्रलाई विकाशको मुल फुटाउन आवश्यक छ मन्त्री मास्कीले भने ।

नाका सम्म पुग्ने उत्तर दक्षिणको बाटो निर्माण पहिलो चरणमा काम गर्ने बताउदै कपिलवस्तुको पश्चिम भाग र दाङको पुरै सिमाना र नेपालगंजको पुर्वी भाग सिमावर्ती क्षेत्रमा सिमानाका सिमानाको ठुलो समस्या भएको बताए ।

सिमावर्ती क्षेत्रमा बाह्रै महिना यातायातका सुचारु हुने हिसावले काम गर्न चाहेको स्पष्ट पारे । सिमा नाकामा बास्तबिक सिमारक्षक स्थानीय नै भएको बताउदै प्रहरी प्रशासन र स्थानीयहरुको समन्वय आवश्यक रहेको बताए ।

बिभिन्न सिमानाकामा स्थानीयहरुले मन्त्री मास्कीलाई ज्ञापन पत्र समेत बुझाएका छन्। ज्ञापन पत्रमा मुख्य गरी खानेपानीको समस्या, बिद्युत, सञ्चार, बाटो लाई बिशेष प्रथामिक्तिमा राखिएको छ ।

सिमावर्ती क्षेत्रको स्थलगत अनुगमन तथा स्थानीयहरु संग भेटघाट कार्यक्रममा लुम्बिनी प्रदेशका अर्थ मन्त्री धन बहादुर मास्की, प्रदेश सभा सदस्य कृष्ण कुस्मा थारु, गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेल, राजपुर गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष पुष्कर वली,लक्ष्मी चौधरी प्रदेश कमिटी सदस्य अम्मर कवंर, शिखर खड्का,मिश्रीलाल गुप्ता लगायतकाको सहभागिता रहेको थियो।

प्रकाशित मिति : २०८० पुष १३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *